२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

सामसङकाे ग्यालेक्सी एम१५ ५जी सार्वजिनक

काठमाडौँ — सामसङ नेपालले ग्यालेक्सी एम१५ ५जी बजारमा ल्याउने भएकाे छ । लोकप्रिय ग्यालेक्सी एम सीरीजमा सुपर एमोल्ड एफएचडी प्लस डिस्प्ले, मोन्स्टर ब्याट्री र शक्तिशाली प्रोसेसरलगायत थप गरी फोन ल्याउन लागिएको हो ।

सामसङकाे ग्यालेक्सी एम१५ ५जी सार्वजिनक

ग्यालेक्सी सिग्नेचर डिजाइनका साथ उपलब्ध हुने फोना ब्लू टोपाज र स्टोन ग्रे गरी दुई रङमा पाइनेछ । ग्यालेक्सी एम१५ ५जी सेग्मेन्टकै उत्कृष्ट ६००० एमएएच ब्याट्रीको साथ आउने स्मार्टफोनलाई दुई दिनसम्म पावर गर्न सक्नेछ । ग्राहकका लागि एक वास्तविक २५ वाटको सामसङ एडेप्टर निःशुल्क दिने जनाएको छ ।

ग्यालेक्सी एम१५ ५जी स्टोरेज भेरियन्ट ६ जीबी र १२८ जीबीको लागि २५ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ । मुलुकका २००० भन्दा बढी अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध ‘सामसङ इन्स्टा फाइनान्स’ सेवा लिए शून्य प्रतिशत ब्याज दरमा इएमआईमा फोन किन्न सकिनेछ ।


प्रकाशित : जेष्ठ ७, २०८१ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?