२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

एमाले दाङको अध्यक्षमा आचार्य निर्वाचित

दाङ — नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य निर्वाचित भएका छन् । आइतबार र सोमबार घोराहीमा सम्पन्न १४ औं जिल्ला अधिवेशनले ११९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

एमाले दाङको अध्यक्षमा आचार्य निर्वाचित

उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिव श्याम डाँगी तथा उपसचिवमा भुवनेश्वर पौडेल र सीता चौधरी चयन भएको अध्यक्ष मण्डलकाअध्यक्ष नरूलाल चौधरीले जानकारी दिए ।

अधिवेशनको उदघाटन एमाले महासचिव शंकर पोख्रेलले गरेका थिए ।

प्रकाशित : जेष्ठ ७, २०८१ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?