कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लुम्बिनीमा स्थानीय सेवाको विधेयक माथि छलफल

देउखुरी (दाङ) — लुम्बिनी प्रदेशसभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

लुम्बिनीमा स्थानीय सेवाको विधेयक माथि छलफल

मुख्यमन्त्री जोखबहादुर महराले सोमबार लुम्बिनी प्रदेशसभामा पेस गरेको विधेयकलाई सभामुख तुलाराम घर्ती मगरले विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्ताव सभामा सर्वसम्बतले स्वीकृत भएपछि छलफल सुरु भएको हो ।

सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु भुवनेश्वर चौधरी, वीरबहादुर राना, इन्द्रजित थारु र तुलसी चौधरीले भाग लिएका थिए । उनीहरुले स्थानीय तहको सेवालाई प्रभावकारी बनाउने गरी स्थानीय तहका कर्मचारीको मनोबल उच्च बनाउने र जनशक्तिको व्यवस्थापनमा विधेयकले सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।

संघीयतामा शासन विधि र कानून निर्माण गरेर राज्य सञ्चालन गर्न सहज हुने बताए । सांसदहरुको उठाएका प्रश्नमा मुख्यमन्त्री महराले जवाफ दिएका थिए । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १११ र ११२ बमोजिम छलफल भएको र ७२ घण्टाभित्र आफुले पेश गर्न चाहेको संशोधन सहितको सुचना अनुसूची–८ बमोजिमको ढाँचामा सचिवलाई दिनुपर्ने व्यवस्था रहेको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले बताए ।

लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको सातौं बैठक जेठ १३ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित : जेष्ठ ७, २०८१ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×