कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पहिलो क्वालिफायरमा कोलकाता र हैदराबाद भिड्दै

काठमाडौँ — आईपीएल-२०२४ को पहिलो क्वालिफायरमा कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद भिड्ने भएका छन् । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहेका यी दुई टिमबीचको खेल मंगलबार हुनेछ । यसको विजेता सिधै फाइनल पुग्नेछ ।

पहिलो क्वालिफायरमा कोलकाता र हैदराबाद भिड्दै

प्रतियोगिताको अन्तिम लिग खेलमा आइतबार कोलकाता र राजस्थान रोयल्सले एक-एक अंकमा चित्त बुझाएका थिए । वर्षाले खेल वासआउट भएपछि राजस्थानले शीर्ष दुईमा उक्लने अवसर गुमाएको थियो । राजस्थान तेस्रो स्थानमा रह्यो ।

त्यसअगाडि हैदराबादले पञ्जाब किंग्सलाई चार विकेटले पराजित गरेको थियो । अब बुधबार इलिमिनेटरमा राजस्थान र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्नेछन् । त्यसको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

प्रकाशित : जेष्ठ ७, २०८१ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×