कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बुद्धिचालमा पुरुषोत्तम र कृतिसराको अग्रता

काठमाडौँ — नेपाल बुद्धिचाल महासंघको आयोजनामा २४ औं खुला तथा नवौं महिला राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिप छनोटको सोमबार तेस्रो चरणको खेल सकिएको छ ।

बुद्धिचालमा पुरुषोत्तम र कृतिसराको अग्रता

राष्ट्रिय ‘बी’ चेस छनोटमा ६० पुरुष खेलाडी र १८ महिला राष्ट्रिय प्रतिस्पर्धामा छन् । भक्तपुर जिल्ला बुद्धिचाल संघको सहआयोजनामा सूर्य विनायकमा सञ्चालित राष्ट्रिय ‘बी’ छनोटबाट दुवै समूहका ९–९ खेलाडी जेठ १९ देखि काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितालाई छनोट हुनेछन् ।

तेस्रो चरणपछि यू–१५ राष्ट्रिय च्याम्पियन पुरुषोत्तम सिलवाल, पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठ र उदीयमान खेलाडी सीएम मिलन लामा ३–३ अंक जोडेर अगाडि छन् ।

पुरुषोत्तमले जनकराज जोशी, नवीन तण्डुकार र राजन सुवेदीलाई हराए । सीएम केशवले आशानारायण लवट, सुदीप तामाङ र सोम आलेमाथि जित पाए भने सीएम मिलनले अभिक शाह, गणेश दुवाल र सजिन महर्जनलाई पन्छाए ।

सूर्य विनायक नगरपालिकाको प्रायोजन रहेको राष्ट्रिय ‘बी’ छनोटतर्फ एआईएम सुश्रुत दाहाल, प्रेमकृष्ण महर्जन, सीएम पुरुषोत्तम चौलागाईं, राजीव कार्की, आशिष फुँयाल, निकेन कुसाथा, सीएम कृष्ण थापा र प्रकाशचन्द्र नेपाल २ जित र एक बराबर नतिजासहित २.५ अंक लिएर संयुक्त दोस्रो स्थानमा छन् ।

महिलातर्फ कोशी प्रदेश च्याम्पियन कृतिसरा अधिकारी र पोखराकी पूजा भण्डारी शतप्रतिशत जित निकाल्दै ३–३ अंकसहित अग्रस्थानमा छन् । कृतिसराले नमन सेढाईं, लक्ष्मी कँडेल र सिन्दिरा जोशीलाई हराइन् भने पूजाले एन्जेल महर्जन, पुनम प्रसाईं र विनिता कपालीमाथि जित पाइन् ।

काठमाडौंकी उदीयमान रिया श्रेष्ठले २.५ अंक बटुलिन् । पूर्वनेपाल च्याम्पियन सिन्दिरा जोशी, झापाकी पुनम प्रसाईं, विनिता कपाली, भक्तपुरकी प्राश्ना किबानायोले २ अंक जोड्दा रूपन्देहीकी नमन सेढाई १.५ अंक लिएर राष्ट्रिय प्रतियोगिताको छनोट हुनेक्रममा छन् ।

प्रतियोगिताको संयोजक एवं अन्तर्राष्ट्रिय निर्णायक निरञ्जन प्रजापतिका अनुसार पुरुषतर्फ ९ चरण र महिलातर्फ ७ चरणमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : जेष्ठ ७, २०८१ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×