कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

आर्मीका होमलाल र सुनसरीलाई म्याराथन उपाधि

ताप्लेजुङ — ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथनको उपाधि आर्मी क्लबका होमलाल श्रेष्ठ र महिला हाफ म्याराथनतर्फको उपाधि आर्मीकै सुनसरी रोकायाले हात पारेका छन् ।

आर्मीका होमलाल र सुनसरीलाई म्याराथन उपाधि

श्रेष्ठले निर्धारित ४७ किलोमिटर दुरी चार घण्टा पाँच मिनेट २७ सेकेण्डमा पार गरे भने सुनसरीले हाफ म्याराथनको ३६ किलोमिटर दुरी ३ घण्टा ४४ मिनेट ५२ सेकेण्डमा पार गरिन् ।

यसैगरी खुलातर्फको म्याराथन प्रतियोगितामा आर्मीका तिलक सुनुवार दोस्रो र पाँचथर फिदिम नगरपालिका–१० याङनामका प्रताप थाम्सुहाङ तेस्रो भए । महिला हाफतर्फ फुङ्लिङ नगरपालिका–६ की कुमारी गुरुङ र मैवाखोला गाउँपालिका–२ की विनीता तामाङ तेस्रो बन्न सफल भइन् ।

प्रतियोगितामा खुल्ला तर्फ सदरमुकाम फुङ्लिङदेखि पाथीभरा मन्दिर पुगेर पुनः फुङ्लिङ बजार आइपुग्ने ४७ किलोमिटर दूरी कायम गरिएको थियो भने महिला हाफ म्याराथनतर्फ काफ्ले पाटीसम्म पुगेर फुङ्लिङ बजार आइपुग्ने ३६ किलोमिटर दूरी कायम गरिएको थियो ।

विजेता बनेसँगै खुला म्याराथनका विजेताले एक लाख ५१ हजार १ सय ११ रुपैयाँ, उपविजेताले एक लाख ११ हजार १११ र महिला हाफतर्फका विजेताले ८१ हजार १ सय ११ तथा उपविजेताले नगद ५१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

खुला म्याराथनमा १ सय १३ र महिला हाफ म्याराथनमा ४७ जना प्रतिस्पर्धी सहभागी थिए ।

प्रकाशित : जेष्ठ ७, २०८१ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×