२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

आधा दर्जन मुद्दाका फरार आरोपित प्रेम गिरी पक्राउ

शंकर आचार्य

पर्सा — हत्या, डकैती लगायतका जघन्य प्रकृतिका आधा दर्जन मुद्दाका फरार कुख्यात अपराधी प्रेम गिरीलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

आधा दर्जन मुद्दाका फरार आरोपित प्रेम गिरी पक्राउ

७२ वर्षीय गिरीलाई आइतबार उनकै पुर्ख्यौली गाउ सखुवाप्रसौनी गाउँपालिका–५ बलुवास्थित घरबाट पक्राउ गरिएको पर्सा प्रहरीले सोमबार प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

विशेष सूचनाको आधारमा विभिन्न जघन्य प्रकृतिका अपराधहरूमा संलग्न रही हाल सम्म फरार रहेका साविक महुवन गाबिस तथा हाल सखुवा प्रसौनी गाउँपालिका–७ महुवन बलुवा बस्ने गिरीलाई लुकीछिपी बस्दै आएको अवस्थामा निजकै घर ठेगानाबाट पक्राउ गरीएको प्रहरीको भनाई छ ।

गिरी जिल्ला प्रशासन कार्यालयका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत मोहन प्रसाद मैनालीलाई २०६५ असोज २२ गते गोली हानी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा मुख्य आरोपि हुन् ।

उनी नेपाल तथा भारतको विभिन्न स्थानहरुमा हत्या, चोरी, डकैती लगायत अन्य अपराधिक कृयाकलापहरूमा संलग्न रही बिगत लामो समय देखि प्रहरीको खोजीमा रहेका थिए । गिरी २०५७ भदौ १२ गते तत्कालिन पर्सा विन्दवासिनी गाविस वडा नं.४ का ३० देवेन्द्र प्रसाद यादवको घरमा डकैती गर्ने क्रममा गोली हानी यादवको मृत्यु भएको खुन डाका मुद्दामा पनि फरार थिए ।

२०६६ फागुन १९ को जिल्ला प्रशासन कार्यालय पर्साको फैसला अनुसार हात हतियार तथा खरखजाना मुद्दामा पनि उनी फरार रहेका थिए । त्यसै गरी गिरी २०६० पुस २५ गते जिल्ला प्रशासन कार्यालयको फैसला अनुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेका थिए ।

२०६० असार ३ गतेको पूनरावेदन अदालत हेटौडाको फैसलानुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेका थिए । २०५६ जेठ ४ को जिल्ला प्रशासन कार्यालयको फैसलाले केही सार्वजनिक अपराध मुद्दामा संलग्न रहि फरार रहेका थिए ।

प्रकाशित : जेष्ठ ७, २०८१ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x