२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै राँके जुुलुस

तस्बिर : दीपक केसी

काठमाडौँ — सहकारीको बचत रकम अपचलनको विषयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले विरोध जुलुस निकालेका छन् ।

सोमबार साँझ काठमाडौंको बत्तीसपुतलीमा राँके जुलुस निकाल्दै गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने, गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन हुनुपर्ने लगायत माग गरेका छन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र पदम अर्याल भूमि व्यवस्था मन्त्री भएका बखत ऐन नै संशोधन गरेर गिरीबन्धु चिया बगानलाई प्लटिङ गर्ने इजाजत दिएको भन्दै युवा तथा विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन् ।

गिरीबन्धु चिया बगानको जग्गा किनबेचमा ठूलो गिरोह सक्रिय रहेको र लोभलालचमा परेर सर्वसाधारणको करोडौँ रकम डुबेको भन्दै घटनाको सत्यतथ्य छानबिनका लागि सरकारसँग माग गरिएको हो । उनीहरूले सहकारी अनियमितता प्रकरणमा फरार जबवी राईलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउन पनि माग गरेका छन् ।


प्रकाशित : जेष्ठ ७, २०८१ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्