कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ 

सुनिता बराल

महोत्तरी — महोत्तरीबाट लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही रघुनाथ घर भएका २१ वर्षीय चन्दन यादव रहेका महोत्तरी प्रहरीले जनाएको छ ।

लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ 

यादवले चलाएको सेतो रंगको बी आर ३० ए एच २३८८ नम्बरको भारतीय कारबाट डिकीमा लुकाएर राखिएको १०७ केजी ४ सय ८५ ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज मुडभरीले जानकारी दिए ।

औरही नगरपालिका-८ टिम्कियास्थित चेकजाँच पोइन्टमा शंका लागि चेकजाँच गर्ने क्रममा गाँजा फेला परिएको प्रहरीले जनाएको छ । कारसंगै प्रहरी नियन्त्रणमा रहेका यादवलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाईएको मुडभरीले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ७, २०८१ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×