रुभाना र आदर्शलाई तेस्रो किडस् काभ्रेको उपाधि
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काभ्रे — सिल्भर साइन इन्टरटेन्मेन्टको आयोजनामा सञ्चालित तेस्रो किडस् काभ्रेको उपाधि रुभाना मानन्धर र आदर्श बञ्जाराले पाएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![रुभाना र आदर्शलाई तेस्रो किडस् काभ्रेको उपाधि](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/messengercreation651e2b5c-ecb1-411d-a8a9-c144b84a1702-2742024062138-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
शनिबार सम्पन्न भएको तेस्रो किडस् काभ्रेको उपाधि केटीतर्फ रुभाना मानन्धर र केटातर्फ आदर्श बञ्जाराले प्राप्त गरेका हुन् । त्यस्तै, फस्ट रनर अपमा केटीतर्फ अनिभा आलेमगर र केटातर्फ पाल्देन लामा भएका छन् भने सेकेन्ड रनर अपमा केटीतर्फ संज्ञा थिङ तामाङ र केटातर्फ अनुस राजबहाक छनोट भए । प्रतियोगितामा प्रनिशा गौतम र रियान केसीले जुरी अवार्ड पाएका छन् ।
प्रतियोगिताका विजयीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले पुरस्कार वितरण गरेका थिए । प्रमुख गौतमले बालबालिकामा भएका प्रतिभा प्रस्फुटन गराउनका लागि यस प्रकारको कार्यक्रम प्रभावकारी हुने बताए ।
प्रतियोगितामा ८ जना केटी र ८ जना केटा गरी १६ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । मोडल रचना गौतम, पत्रकार कपिल कोइराला र स्वास्थ्यकर्मी एवं स्वास्थ्य उद्यमी शिव पौडेल निर्णायक भूमिकामा थिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)