कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

चार किलो गाँजासहित एक जना पक्राउ

आश गुरुङ

लमजुङ — लमजुङ प्रहरीले ४ किलो ३०५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सुन्दरबजार नगरपालिका ७ का ४२ वर्षीय रामशरण सापकोटालाई प्रहरीले गाँजासहित पक्राउ गरेको जनाएको छ । 

चार किलो गाँजासहित एक जना पक्राउ

प्रहरी निरीक्षक मेघनाथ चापागाईंका अनुसार सापकोटाको घरमा बिक्रीवितरणका लागि गाँजा लुकाइछिपाइ राखेको सूचनाको आधारमा खानतलासी गर्दा गाँजा भेटिएको हो ।

प्रहरीका अनुसार बुधबार राति गाँजासहित सापकोटालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको र बिहीबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालिएको छ । प्रहरी निरीक्षक चापागाईंले सापकोटाविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिमको कसूरमा अनुसन्धान भइरहेको बताए ।


प्रकाशित : जेष्ठ ४, २०८१ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×