कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भक्तपुरमा शौचालय जाने क्रममा लडेर महिलाको मृत्यु

भक्तपुर — शौचालय जाने क्रममा लडेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-५ कटुन्जेमा डेरा गरी बस्ने खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ की ४६ वर्षीय जमुना भट्टराईको मृत्यु भएको हो ।

भक्तपुरमा शौचालय जाने क्रममा लडेर महिलाको मृत्यु

उनी शुक्रबार अपरान्ह साढे ३ बजे शौचालय जाने क्रममा घरको पहिलो तलाबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज पुर्‍याइएको थियो । उपचारकै क्रममा शनिवार बिहान साढे ५ बजे उनको निधन भएको भक्तपुर जिल्ला प्रहरी परिसरका डिएसपी राजन कार्कीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ५, २०८१ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×