कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

छोराको हत्या आरोपमा आमा पक्राउ 

शंकर आचार्य

पर्सा — आफ्नै छोराको हत्या गरी फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२७ की २२ वर्षीया आरती कुमारी छिन् । 

छोराको हत्या आरोपमा आमा पक्राउ 

२०८० साउन २७ गते बिहान ९ बजेतिर आरतीले घरमा कोही नभएको बेला आफ्नै ५ महिनाको छोरालाई घाँटी थिची मारी फरार भएकी थिइन् । उनी हाल भारत पूर्वी चम्पारण थाना रक्सौल पोष्ट सिहपुर हरैया ग्राम एकडर्वा टोलमा बस्दै आइरहेकी थिइन् । आरतीको ज्यानसम्बन्धी (कर्तव्य ज्यान) मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।

आरती वीरगन्जमा घुमफिर गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो ३ बजेतिर वीरगन्ज १३ मा फेला पारिएको हो । पक्राउ परेकी आरतीमाथि थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ३, २०८१ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×