‘नेपाल र जर्मनी बीचको सम्बन्ध अझ घनिष्ठ हुने विश्वास’
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जर्मनीबीचको सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच सोमबार बर्लिनस्थित राष्ट्रपति भावनमा भएको द्विपक्षीय भेटवार्तामा राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन् ।