कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अन्तरस्कुल बास्केटबलमा एन्जल्स हार्ट विजयी  

काठमाडौँ — आयोजक एन्जल्स हार्टको ‘ए’ टिमले सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा सोमबार विजयी सुरुआत गरेको छ ।

अन्तरस्कुल बास्केटबलमा एन्जल्स हार्ट विजयी  

घरेलु कोर्टमा एन्जल्स हार्ट ‘ए’ ले हिमरश्मिलाई ४३–२६ स्कोरले पराजित गर्‍यो । विजेताका रुपेश डंगोलले ११ स्कोर जोडे ।

जुनियर ब्वाइजमै सेबले एन्जल्स हार्ट ‘बी’ लाई ३०–२४, ग्रिनफिल्डले न्युटनलाई २८–२१ र जीवन ज्योतिले एन्जल्स हार्ट ‘बी’ लाई १५–७ ले हराए । सेबका जीवन खत्रीले १४, ग्रिनफिल्डका दिपेश तामाङले ११ र जीवन ज्योतिका विजय मगरले ६ स्कोर गरे ।

सिनियर गर्ल्समा भ्याली पब्लिक ‘ए’ ले ल्यान्डमार्कलाई ४५–२५ र ग्रिनल्यान्डलाई ५२–४२, भ्याली पब्लिक ‘बी’ ले टीआईएलाई १९–१५, एन्जल्स हार्टले जेबीलाई २२–१७ र हिमरश्मिले न्युटनलाई २०–१० स्कोरले हराए ।

भ्याली पब्लिकका ल्यान्डमार्कविरुद्ध लोरिसा गौचनले १६ र ग्रिनल्यान्डविरुद्ध एन्जल गुप्ताले २४ स्कोर बटुले । भ्याली पब्लिककी दृश्य गुरुङले १०, एन्जल्स हार्टकी निकिसा बस्नेतले ७ र हिमरश्मिकी निमा तामाङले ८ स्कोर जोडे ।

जुनियर ब्वाइजमा १६ तथा सिनियर गर्ल्समा १३ टिमको सहभागिता रहेको एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले जनाए ।

प्रकाशित : असार ३, २०८१ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×