कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

युरो २०२४ : युक्रेनमाथि रोमानियाको प्रभावशाली जित

म्युनिक — रोमानियाले युरो-२०२४ को समूह ‘ई’ को आफ्नो पहिलो खेलमा युक्रेनमाथि सोमबार ३–० को प्रभावशाली जित निकालेको छ ।

युरो २०२४ : युक्रेनमाथि रोमानियाको प्रभावशाली जित

यो जितसँगै रोमानियाले बेल्जियम र स्लोभाकिया पनि सम्मिलित समूहमा सुरुआति अग्रता बनाएको छ ।

खेलको २९ औं मिनेटमा निकोलाय स्टानक्युले गोल गर्दै रोमानियालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा रोमानियाले पाँच मिनेटको अन्तरमा दुई गोल गरेको थियो । राजभान मारिनले ५३ औं मिनेटमा दोस्रो गोल गरे ।

यस्तै डेनिस ड्रागसले ५७ औं मिनेटमा तेस्रो गोल थपे । दोस्रो हाफको अधिकांस समयको खेल युक्रेनको पकडमा रहे पनि उसले गोल गर्न सकेन । सन् २००० यता युरोमा रोमानियाको यो पहिलो जित हो ।

रोमानिया छनोट चरणमा अपराजित रहेको थियो ।

प्रकाशित : असार ३, २०८१ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×