कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भारतद्वारा फुटबल प्रशिक्षक स्टिमाक बर्खास्त

काठमाडौँ — अल इन्डिया फुटबल संघ (एआईएफएफ) ले सोमबार भारतीय पुरुष राष्ट्रिय टिमका प्रशिक्षक इगोर स्टिमाकलाई बर्खास्त गरेको छ ।

भारतद्वारा फुटबल प्रशिक्षक स्टिमाक बर्खास्त

एसियाली विश्वकप छनोटको दोस्रो चरणमा भारतको कमजोर प्रदर्शनपछि उनी बर्खास्तीमा परेका हुन् ।

भारत छनोटको तेस्रो चरण पुग्न असफल रहेको थियो । एआईएफएफले भनेको छ, ‘विश्वकप छनोट २०२६ मा भारतको प्रदर्शन अत्यन्त खराव रह्यो । त्यसैले राष्ट्रिय फुटबल टिमलाई अगाडि बढाउन नयाँ प्रशिक्षक आवश्यक रहेको महसुस भएको छ ।’

खेलाडीका रूपमा सन् १९९८ मा क्रोएसियाका लागि तेस्रो स्थान जितेका स्टिमाकले सन् २०१९ देखि भारतीय टिम सम्हालेका थिए । त्यसयता उनले भारतका लागि चार उपाधि जिते । त्यसमा दुई साफ च्याम्पियनसिप, एक अन्तरमहादेशीय कप र एक त्रि–देशीय शृंखला रहेको छ ।

प्रकाशित : असार ३, २०८१ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×