कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अवैध सुन र ४८ लाख नगदसहित पक्राउ पर्ने सार्वजनिक

काठमाडौँ — प्रहरीले काठमाडौंको बौद्धबाट ‘९९९.९ गोल्ड १ केजी’ लेखिएको अवैध ६ थान र ४८ लाख रुपैयाँ नगदसहित पक्राउ पर्नेलाई सार्वजनिक गरेको छ ।

अवैध सुन र ४८ लाख नगदसहित पक्राउ पर्ने सार्वजनिक

पक्राउ पर्नेमा आफूलाई चीनियाँ नागरिक शेरब ग्याल्मो बताउने काठमाडौं महानगरपालिका–६ बस्ने सोनाम गुरूङ छन् ।

गुरुङलाई २०८० साउन २ गते बरामद भएको ६० केजी अवैध सुनको थप अनुसन्धानकोक्रममा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।

प्रहरीले उनको कोठाबाट उक्त सुन र नगद बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।


प्रकाशित : असार ३, २०८१ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×