कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सिद्धार्थ बैंकद्धारा बाल अस्पताललाई १ करोड रुपैयाँ

काठमाडौँ — सिद्धार्थ बैंकले हेपाली हाइट स्थित काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्राध्यापक डा. भगवान कोइरालाले हस्ताक्षर गरे ।

सिद्धार्थ बैंकद्धारा बाल अस्पताललाई १ करोड रुपैयाँ

बालबालिकाहरु राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरुको स्वास्थ्यमा निर्भर हुने मान्यताको साथ बैंकले यस कल्याणकारी कार्यमा सहभागिता जनाएको हो । सहयोगले बाल स्वास्थ्य क्षेत्रमा उचित र गुणस्तरीय सेवा प्रदान गर्न अहम् भूमिका खेल्ने बैंकले लिएको छ ।

बैंकले दिगो विकास लक्ष्यलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउादै आएको छ । आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकले जनाएको छ ।

प्रकाशित : असार ३, २०८१ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×