कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

वीरेन्द्रनगर — सुर्खेतमा इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दैलेखको चामुण्डा घर भई वीरेन्द्रनगर नगरपालिका –११ पिपिरा बस्ने ३२ वर्षीय विद्यु प्रसाद रेग्मी र सोही ठाँउका ३१ वर्षका लक्ष्मी प्रसाद कंडेल रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी बीरेन्द्रबीर विश्वकर्माले बताए ।

इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

वीरेन्द्रनगर नगरपालिका – ११ का तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा बेहोस भएका उनीहरुको प्रदेश अस्पताल कालागाउँ पुर्‍याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार ३, २०८१ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×