सडक अतिक्रमण गरी बनाइएका घरटहरामा महानगरको डोजर
तीनकुने वाग्मती करिडोरमा सडक अतिक्रमण गरी बनाइएका संरचना काठमाडौं महानगरले भत्काउन सुरु गरेको छ । आइतबार महानगरले उक्त क्षेत्रमा बनाइएका घर-टहरामाथि डोजर चलाएको हो ।
तीनकुने वाग्मती करिडोरमा सडक अतिक्रमण गरी बनाइएका संरचना काठमाडौं महानगरले भत्काउन सुरु गरेको छ । आइतबार महानगरले उक्त क्षेत्रमा बनाइएका घर-टहरामाथि डोजर चलाएको हो ।
कांग्रेस लगायतका विपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामछानेलाई प्रतिनिधिसभामा उनीमाथिका उठेका प्रश्नहरूको जवाफ दिनेगरी बोल्न अवरोध नगर्ने निर्णय गरेका छन् । विपक्षी दलका नेताहरूको संसद् भवनमा भएको बैठकले लामिछानेलाई बोल्न अवरोध नगर्ने तर संसदीय छानबिन समिति नबन्दासम्म अन्य कार्यसूची चाहिँ अघि बढाउन नदिने निर्णय गरेको हो
ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । खोटाङको मझुवागढी नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका-१० गोंगबुको गणेशस्थान बस्दै आएका ३२ वर्षीय घिमिरे नेपाल प्रहरीमा कार्यरत थिए ।
दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रिय सभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिउँसो ३ बजेर १५ मिनेटमा बस्नेगरी बैठक तय भएको जानकारी दिए ।
सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष कांग्रेस र सत्तापक्षको कार्यदलबीच छलफल भएको छ । संसदीय छानबिन समितिको कार्यादेश के हुने भन्ने तय गर्न गठित समितिले बुँदागत रूपमा सहमति जुटाउन भने सकेन ।
प्रहरीले लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२, फटाहास्थित नेपाल–भारत सिमानामा शंकास्पद रूपमा भारतबाट लुकीछिपी आइरहेको अवस्थामा शंका लागि चेक गर्दा २ सय मिलिग्राम उक्त पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा १ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ ।
गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन माग गर्दै नेपाल विद्यार्थी संघ र तरुण दल झापाले आइतबार बिर्तामोडमा विरोध प्रदर्शन गरेका छन् ।