प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ : तपाईंलाई जंगलबाट राजनीतिमा कसले ल्याएको हो ?
प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कांग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी दिएको छ । सोमबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठक पछिको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् ।