इलाम-२ मा कांग्रेसका खड्कालाई सुरुवाती अग्रता

वैशाख १६, २०८१ १५:०१

इलाम-२ को उपनिर्वाचनमा मतगणताको पहिलो प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । यहाँ नेपाली कांग्रेसका डम्बर खड्काले सुरुवाती अग्रता लिएका छन् । 

डोल्पामा यार्सा संकलन जेठ १० देखि

वैशाख १६, २०८१ १४:४८

हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि बहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलन सुरु गर्ने निर्णय भएको छ । डिभिजन बन कार्यालयले ११ वैशाखमा गरेको सर्वपक्षीय बैठकले जेठ १० देखि यार्सागुम्बा संकलन गर्ने  निर्णय गरेको हो । 

बझाङमा पनि मतगणना सुरु

वैशाख १६, २०८१ १४:३३

बझाङमा पनि मतगणना सुरु भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, मा शनिवार भएको उपनिर्वाचनको मतगणना केहीबेरअघि सुरु भएको हो । 

नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ

वैशाख १६, २०८१ १४:०२

कक्षा १२ को परीक्षामा सहभागी गराउन कागजात मिलाएर नक्कली परीक्षार्थी खडा गरेको आरोपमा काठमाडौं प्रहरीले धुम्बाराहीस्थित प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महतलाई आईतबार प्रक्राउ गरेको छ ।

नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ को मध्यम लक्ष्य

वैशाख १६, २०८१ १३:५६

स्पिनरहरूको दबदबापछि नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको दोस्रो खेल जित्न १६१ सय रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १६०–७ को स्कोर बनायो ।

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन् : पूर्वप्रधानमन्त्री देउवा

वैशाख १६, २०८१ १३:५४

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् ।

भूमहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

वैशाख १६, २०८१ १३:३७

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

न्यायाधीश र कानुन व्यवसायीमाथि निराधार लाञ्छना लगाउनु निन्दनीय : सर्वोच्च बार

वैशाख १६, २०८१ १३:१४

सर्वोच्च अदालत बार एसोसियसनले सिधाकुरा डटकममा प्रकाशित अडियो रिपोर्टबारे ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एसोसियसनका सचिव अधिवक्ता श्यामकुमार खत्रीले विज्ञप्ति जारी गर्दै उक्त अडियोबारे तुरुन्त छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । 

लगानी सम्मेलनमा दुई वटा सम्झौता

वैशाख १६, २०८१ १३:०४

तेस्रो लगानी सम्मेलनको पहिलो दिन दुई वटा विषयमा सम्झौता भएको छ । आज काठमाडौंमा आयोजित तेस्रो लगानी सम्मेलनमा दुई वटा सम्झौता भएको हो ।

न्यायप्रणाली मै आक्रमण भयो, भ्रामक सामग्री सम्प्रेषण गर्नेलाई कारबाही गर : न्यायाधीश समाज

वैशाख १६, २०८१ १३:०१

न्यायाधीश समाज नेपालले सिधाकुरा डट कमद्वारा प्रकाशित/ प्रसारित भ्रामक समाचार न्यायप्रणालीप्रतिकै आक्रमण भएको उल्लेख गर्दै यसबारे आवश्यक जाँचबुझ गरी सम्बन्धित संस्थालाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री दाहाल

वैशाख १६, २०८१ १२:५६

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । 

नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले पहिले ब्याटिङ गर्दै

वैशाख १६, २०८१ १२:०४

वेस्ट इन्डिज ‘ए’ ले ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्डिजले आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

इलाम-२ मा मतगणना सुरु

वैशाख १६, २०८१ १२:०१

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम-२ मा  मतगणना सुरु भएको छ । आइतबार बिहानको सर्वदलीय बैठकले पश्चिम इलामको  फाकफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो । 

राष्ट्रपति पौडेलले गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

वैशाख १६, २०८१ ११:५१

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार 'लगानी सहजकीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१' जारी गरेका हुन् । 

स्थानीय तहमा कानुन अधिकृतको व्यवस्था गर्न माग

वैशाख १६, २०८१ ११:४५

पाल्पाका १० वटै स्थानीय तहका न्यायिक समितिका संयोजकहरूले कानुन अधिकृतको माग गरेका छन् । उनीहरूले न्यायिक समितिको काम कारबाही अघि बढाउन कानुन अधिकृत नहुँदा समस्या परको बताएका हुन् । 

मे १ देखि नेपालीलाई नियमित चिनियाँ भिसा नि:शुल्क

वैशाख १६, २०८१ ११:१०

चीनले आगामी मे १ देखि नेपाली नागरिकलाई नियमित भिसा नि:शुल्क दिने भएको छ । चिनियाँ दूतावासले आइतबार बिहान एक सूचना जारी गर्दै नियमितर्फको भिसा शुल्क तिर्नुनपर्ने जनाएको हो । एक्सप्रेस-२ र एक्प्रेस-१ भिसाका लागि भने क्रमश: २ हजार ७ सय र ४ हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै समूहतर्फ एक्सप्रेस-२ र एक्प्रेस-१ भिसा क्रमश: १ हजार ३ सय ५० र २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

नेपालका अवसरमा लगानी गर्नुस्, हामी सहकार्य गर्छौं : अध्यक्ष ढकाल 

वैशाख १६, २०८१ ११:०७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने बताए । 

फरच्युना हेल्थकेयरले ल्यायो अत्याधुनिक गुणस्तरका सिरिन्ज

वैशाख १६, २०८१ १०:५३

ललितपुरको चुनिखेलमा स्थापित चुफरच्युना हेल्थकेयर प्रालिले विभिन्न आकारका सिरिन्जहरु उत्पादन सुरू गरेको छ । गत साता उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवकोले  डिजिटल रुपमा कम्पनी र त्यसबाट उत्पादित ब्रान्डको उद्घाटन  गरे ।

रुपन्देहीका उद्योगी-व्यवसायीकालागि बिक्री बढाउने प्रशिक्षण

वैशाख १६, २०८१ १०:४२

विभिन्न कारण बजारमा शिथिलता देखिएपछि निराश रुपन्देहीका उद्योगी–व्यवसायीलाई उत्साहित तुल्याउन बिक्री बढाउने उपायबारे प्रशिक्षण प्रदान गरिएको छ । बजारमा देखिएको आर्थिक मन्दिका कारण उत्पादनको बिक्री घटेपछि जिल्लाका लगानीकर्ता निराश छन् । यस्तोबेला बिक्री बढाउने नयाँ अभ्यासबारे बहस गरिएको हो । 

बझाङ उपनिर्वाचन : साइपालको मतपेटिका ल्याइयो, १२ बजेदेखि गणना हुने 

वैशाख १६, २०८१ १०:२८

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, मा भएको उपनिर्वाचनको मतगणना आइतबार दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ । ११ बजे सर्वदलीय बैठक बसेपछि १२ बजेदेखि मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गतव्य बनेको छ : अर्थमन्त्री पुन 

वैशाख १६, २०८१ १०:१८

अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको  आकर्षक गन्तव्य बनेको बताएका छन् । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटनसत्रमा लगानी बोर्डका उपाध्यक्षसमेत रहेका मन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए ।

सुरु भयो तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन

वैशाख १६, २०८१ १०:०९

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्यले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गरेका हुन् । 

जापानी विदेशमन्त्री नेपाल आउँदै

वैशाख १६, २०८१ १०:०७

जापानका विदेशमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छिन् । जापानको विदेश मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री योको कामीकावाको भ्रमण घोषणा गरेको हो ।

पुनर्निर्माणको पर्खाइमा मुलुककै पहिलो विद्युत् आयोजना

वैशाख १६, २०८१ ०९:२५

मुलुकमै पहिलो पटक बिजुलीको उज्यालो दिएको फर्पिङ जलविद्युत् केन्द्र अहिले आफैं उज्यालो खोज्नुपर्ने अवस्थामा पुगेको छ । १ सय १२ वर्षअघि यही जलविद्युत् केन्द्रले पहिलो पटक काठमाडौंमा उज्यालोको आभास दिएको थियो । 

गैंडाकोटमा आगलागीबाट घरगोठ जले

वैशाख १६, २०८१ ०९:२२

गैंडाकोट नगरपालिका वडा नम्बर-३ ढोडेनीस्थित वडा कार्यालयनजिक गएराति एक घर र गोठमा आगलागीमा जलेर नष्ट भएको छ । वडाध्यक्ष शिवकान्त तिवारीका अनुसार आगलागीबाट स्थानीय तुलबहादुर डिस्वाको घर र गोठ जलेर नष्ट भएको हो । 

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरी: अमेरिकी राजदूत थम्प्सन

वैशाख १६, २०८१ ०९:२०

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले कुनै पनि मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक भएकोमा जोड दिएका छन् । अमेरिकी चेम्बर अफ कमर्स नेपालको आयोजनामा शनिबार काठमाडाैंमा आयोजित ‘ अमेरिका–नेपाल व्यावासयिक सम्बन्ध अभिवृद्धि’ विषयक अन्तरक्रियामा उनले नेपालले स्वदेशी वा विदेशी लगानी बढाउनका लागि नीतिमा स्पष्टता जरुरी रहेको बताए । 

लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध

वैशाख १६, २०८१ ०९:१८

विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ ।

इलाम-२ मा ११ बजेपछि मतगणना हुने

वैशाख १६, २०८१ ०९:०३

इलाम-२ मा ११ बजेपछि मतगणना हुने भएको छ । सर्वदलीय बैठकले बिहान ११ बजे  पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए।

झुम्लाबाङमा फलाम उत्खनन गर्न लगानीकर्ता खोजिँदै

वैशाख १६, २०८१ ०८:३०

भुमे गाउँपालिका–३ झुम्लाबाङमा फलाम खानी रहेको पुष्टि भएको छ । विभिन्न चरणमा गरेको अध्ययन–अनुसन्धानबाट यो देशकै सबैभन्दा ठूलो फलाम खानी हुने खानी तथा भूगर्भ विभागले जनाएको छ । झुम्लाबाङमा धेरै वर्षपहिले तामाखानी रहेको विषयलाई आधार बनाई यसको अध्ययन गर्न गत वर्ष जेठमा विभागअन्तर्गतको खनिज प्रवर्द्धन तथा प्रशोधन केन्द्रका जियोलोजिस्ट सौनक भण्डारीको नेतृत्वमा दुई सदस्यीय टोली झम्लाबाङ पुगेर प्रारम्भिक रूपमा हेर्दा तामाभन्दा फलामको सम्भावना देखिएको थियो ।

इन्टरनेट सेवा प्रदायक र सरकारको बेरुजु विवादले इन्टरनेट अवरुद्ध हुने जोखिम

वैशाख १६, २०८१ ०८:२९

नौ महिनादेखि ब्यान्डविथ खरिदबापतको भुक्तानी नदिएकाले भारतीय कम्पनीहरूले नेपालको इन्टरनेट काटिदिने चेतावनी दिएको नेपालका इन्टरनेट सेवा प्रदायकहरूले बताएका छन् । भारतीय एयरटेलले ब्यान्डविथ रकम भुक्तानी नगरे इन्टरनेट सेवा अवरुद्ध हुने भनी यसै साता पत्र काटेको इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था (आईस्पान) ले जनाएको छ ।

बुढीगंगामा बजेट नदिँदा रोकियो ठेक्का

वैशाख १६, २०८१ ०८:२३

सरकारले बजेट सुनिश्चित नगर्दा २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत् आयोजना निर्माणको काम सुरु हुन सकेको छैन । २८ वर्षअघि अध्ययन सुरु गरिएको साँफेबगर नगरपालिका–१० स्थित बुढीगंगा जलविद्युत् आयोजना खाडी मुलुक कतार र साउदी अरबको ऋण लगानीमा नेपाल सरकारले निर्माण गर्न लागेको हो । आयोजना निर्माणबापत नेपाल सरकारले लगानीको स्रोत सुनिश्चित नगर्दा काममा ढिलाइ भएको छ । 

कर्णाली लगानी सम्मेलन अन्योलमा

वैशाख १६, २०८१ ०८:२०

कर्णालीका मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएको दुई साता बितिसक्दा पनि सरकार विस्तार नहुँदा यसअघिको सरकारले वैशाख १९ र २० मा प्रदेश राजधानी वीरेन्द्रनगरमा तय गरेको लगानी सम्मेलन अन्योलमा परेको छ ।

इलाम-२ मा मतगणना सुरु गर्न सर्वदलीय बैठक जारी

वैशाख १६, २०८१ ०८:०३

इलाम-२ को उपनिर्वाचनको मतगणना सुरु गर्न सर्वदलीय/सर्वपक्षीय बैठक सुरु भएको छ।  निर्वाचनमा सहभागी १२ दल र सात स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र दलका नेताहरू बैठकमा सहभागी छन् । 

‘निर्यात बढाउन हामीलाई विदेशी लगानी चाहिएको हो’

वैशाख १६, २०८१ ०७:५७

स्वदेशी तथा विदेशी लगानी भिरयाउने लक्ष्यका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आइतबार (आज) सुरु हुँदै छ । लगानीकर्तालाई आकर्षित गर्न सरकारले अध्यादेशबाट १० वटा कानुनसमेत संशोधन गरिसकेको छ । सम्मेलनमा ९ खर्ब रुपैयााका १ सय ५० परियोजनामा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आह्वान पनि गरिँदै छ ।

अस्थिर सरकार र व्यवस्था

वैशाख १६, २०८१ ०७:५०

पटकपटकको सरकार परिवर्तनको नाटकले जनता आजित भएका छन् । केन्द्रको परिवर्तनले जतिबेला पनि प्रादेशिक सरकार बदलिने र प्रायः सबै दल यस्तै खेलमा रमाइरहँदा चेतनशील नागरिकदेखि सर्वसाधारण गरिब जनतालाई आआफ्नै प्रकारको चिन्ता बढेको छ । राजनीति अलिकति बुझ्नेका लागि सधैं भइरहने यस्ता घटनाले व्यवस्थामाथि पर्ने नकारात्मक प्रभावप्रति चिन्ता छ ।

कम्बोडियाको एक हतियार भण्डारस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु

वैशाख १६, २०८१ ०७:४५

कमबोडियाको कम्पोङ स्पेउ प्रान्तको चबरमोर्न सहरको सैन्य क्षेत्र ३ को हतियार भण्डारणस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ।

बहुउद्देश्यीय गौरवका आयोजनालाई गति देऊ

वैशाख १६, २०८१ ०७:२१

सुनकोशी–मरिण डाइभर्सन वाग्मती प्रदेशमा र भेरी बबई सिँचाइ डाइभर्सन कर्णाली प्रदेशमा निर्माणाधीन आयोजना हुन् । यी दुईमा केही समानता छन् । दुवै स्वदेशी लगानी रहेका राष्ट्रिय गौरवका आयोजना हुन् । दुवै आयोजना सुरुङमार्फत खोलाको पानी अर्कातिर लगेर तराई क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढाइएका हुन् ।

नागरिकता लिन सास्ती

वैशाख १६, २०८१ ०७:०६

बाबु नभएको व्यक्तिले आमाको नाउँबाट पनि नागरिकता पाउँछन् भन्ने सुनिएको थियो । कानुनले एउटा भन्दो रहेछ, नागरिकता वितरण गर्न कार्यालयका कर्मचारीले अर्को व्यवहार गर्दा रहेछन् ।

केही नेताको अवसानोन्मुख यात्रा

वैशाख १६, २०८१ ०७:०५

राजनीति क्षेत्रका कुनै बेलाका सक्रिय राजनीतिक खेलाडीहरू यतिबेला लगभग मौन अवस्थामा छन् । कुनै बेला उनीहरूकै योजनामा पार्टीगत मात्र होइन, देशको कार्यपालिकामा नै ठूलो हलचल ल्याउने गर्थ्यो ।

परिश्रममा बाँच्नेलाई देशभित्रै रोजगारी

वैशाख १६, २०८१ ०७:०४

राज्यसत्ता उदासीन बन्दा विदेश पलायन हुनेहरूको संख्या बढिरहेको छ । जान्ने, बुझ्ने भएपछि धेरैजसो विद्यार्थी देश छाड्न एउटा खुट्टा उचाल्छन् ।

लगानी प्रवर्द्धनको मोडल

वैशाख १६, २०८१ ०७:०२

भारतमा वैदेशिक लगानीका विषयमा सानो समस्या आए पनि त्यो सिधै प्रधानमन्त्री स्तरबाट हेर्ने र सम्बोधन गर्ने गरिन्छ । प्रधानमन्त्री कार्यालयमा रहेको वैदेशिक लगानी शाखाबाट हरेक समस्या सोझै प्रधानमन्त्रीलाई सुनाउने गरिन्छ ।

बालमन्दिरको ५२ रोपनी बैंकमा धितो, बाल संगठनको अभिलेखमा छैन हिसाब

वैशाख १६, २०८१ ०६:५०

टंगालस्थित नेपाल बाल संगठनको जग्गा २५ वर्षअघि नै बैंकमा धितो राखेर कर्जा लिएको खुलेको छ । २०५६ भदौ २७ मा ५१ रोपनी १३ आना ३ पैसा जग्गा नेपाल बैंकमा धितो राखेर कर्जा लिएको भेटिएको हो । जग्गा अहिलेसम्म मालपोत कार्यालय डिल्लीबजारले रोक्का राखेको छ ।

‘फेक अडियो’ मा अख्तियारको पनि ध्यानाकर्षण

वैशाख १६, २०८१ ०६:४६

सर्वोच्चको संवैधानिक इजलास, कानुन व्यवसायी र सञ्चारमाध्यमलाई आक्रमण गर्न बनाइएको ‘फेक अडियो’ लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ‘नोटिस’ मा लिएको जनाएको छ । राज्यका संवेदनशील निकायप्रति हिलो छ्याप्ने काममा अख्तियारको नाम दुरुपयोग भएकाले यो विषयमा आयोगका अधिकारीहरूले आफ्नो धारणा बाहिर ल्याउने बताएका छन् । 

एस्टन भिल्लाविरुद्ध चेल्सीको बराबरी

वैशाख १६, २०८१ ०६:३९

दुई गोलले पछाडि रहेको स्थितिमा चेल्सीले शनिबार इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–२ को बराबरीमा रोकेको छ । यो नतिजाले भिल्लाको शीर्ष चारको सम्भावनामा धक्का पुगेको छ ।

राजस्थान प्ले-अफनजिक

वैशाख १६, २०८१ ०६:३०

राजस्थान रोयल्स शनिबार लखनऊ सुपर जायन्ट्सलाई सात विकेटले पराजित गर्दै प्ले–अफनजिक पुगेको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको राजस्थान एक ओभर बाँकी छँदै जितसम्म पुगेको थियो ।

शशांकको सनसनी

वैशाख १६, २०८१ ०६:२४

यस सिजनमा शशांकले निकै राम्रो खेलेका छन् । उनी निकै भलादमी पनि छन् । उत्तिकै विशेष खेलाडी पनि हुन् । उनी जत्तिको खेलाडी हुनु ठूलै कुरा हो । उनले जसरी खेलिरहेका छन्, त्यो अविश्वसनीय छ ।’ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा शुक्रबार राति पञ्जाव किंग्सले कीर्तिमानी जित निकालिसकेपछि जोनी बियरस्टोले यस्तो प्रतिक्रिया दिएका थिए ।

सन् २००३ मा आजकै दिन : पाको उमेरमा एक नम्बर बने आगासी 

वैशाख १६, २०८१ ०६:२३

सन् २००३ को आजकै दिन (२८ अप्रिल) मा अमेरिकी टेनिस खेलाडी आन्द्रे आगासी सबैभन्दा पाको उमेरमा पुरुष टेनिसको विश्व वरीयतामा शीर्ष स्थान ओगट्न सफल भएका थिए ।

लगानी सम्मेलन आजदेखि : १ सय ५० परियोजना सोकेसमा

वैशाख १६, २०८१ ०६:११

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आइतबार सुरु हुँदै छ । सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ । दुईदिने सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने नेपाल लगानी बोर्डले जनाएको छ ।