यस वर्ष बीपी कोइरालाको व्यक्तित्व, सोच, सिद्धान्त र जीवनबारे केही खँदिला बहस चलाइए । त्यसका लागि प्राध्यापक कृष्ण खनाल, ‘जेल डायरी’ का सम्पादक शंकर तिवारी धन्यवादका पात्र छन् । खनालको पुस्तक ‘विश्वेश्वरप्रसाद कोइराला— चेतना, चिन्तन र राजनीति’ मा बीपी कोइरालाको सम्पूर्ण पक्षमाथि विश्लेषण गरिएको छ र उनका प्रतिनिधि भनाइ पनि उल्लेख गरिएको छ । ‘जेल डायरी’ बीपीको आफ्नै डायरी हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणलाई लिएर विभिन्न तर्क–वितर्क भएका छन् । कतिपयले नेपालमा गरिएका अनुमान र अपेक्षाविपरीत यो भ्रमण सम्पन्न भएको भनेका छन्, अरू कतिपय विश्लेषकले यो सामान्य औपचारिकतामा सीमित भएको धारणा राखेका छन् । नेपालमा सफलता वा असफलतालाई अनावश्यक रूपमा अति धेरै अविश्वास र अनुमानका भरमा हेर्ने अभ्यास छ । यथार्थवादी र सकारात्मक सोचको अभावले सर्वसाधारण यस्तै नकारात्मक विचार प्रवाहमा बगेका छन् ।
जोआज राजनीतिक क्षेत्रमा उमेरको हदबन्दी हुनुपर्ने बहस चलेको छ, जुन पुस्तान्तरण र रूपान्तरणसित जोडिन्छ । यसको प्रमुख कारण हो— राजनीतिलाई बढी यथास्थितिवादी, कम जनमुखी र वंशवाद कायम गर्ने तरिका मान्न थालिनु ।
दलहरूको क्षयीकरणका केही कारण छन् । पहिलो कारण हो— सिद्धान्तनिष्ठ राजनीतिको अवमूल्यन । यो सबै दलमा व्याप्त छ । नेपाली कांग्रेस देशको सबैभन्दा जेठो र लोकतन्त्रप्रति समर्पित दल भएको आम धारणामा परिवर्तन भइरहेको छ किनभने कागजी सिद्धान्त व्यवहारमा उतार्दा धेरै फरक पर्न थालेको छ ।
संसदीय व्यवस्था बेलायती उपनिवेशवादको प्रभावका रूपमा भारत हुँदै नेपाल भित्रिएको हो । लोकतन्त्र सामान्य रूपमा यही व्यवस्थालाई मानिन्थ्यो । तर अमेरिकाले बेलायती उपनिवेशबाट मुक्त भएपछि राष्ट्रपतीय प्रणाली अँगाली लोकतन्त्र सञ्चालनको अर्को विकल्प दिएको हो ।
अहिले जताततै भूराजनीतिको असरको बहस चलेको छ । विश्वमा कुनै राजनीतिक घटना हुनासाथ त्यसलाई भूराजनीतिमा जोड्ने गरिन्छ । आखिर यो भूराजनीति भनेको के हो र यदि यसको बढ्दो प्रभाव भए कसरी राष्ट्रहरू टिक्छन् वा सन्तुलित व्यवहार गर्न सक्छन् ? के भूराजनीति सर्वव्यापी प्रभाव पार्ने खालको हुन्छ ?
रामचन्द्र पौडेल राष्ट्रपति भएका दिन धेरै सञ्चारकर्मी साथीहरूले राष्ट्रपतिको अबको भूमिका कस्तो होला भन्ने चासो राखी प्रश्न गरे र मैले पनि आफ्नो छोटो विचार प्रस्तुत गर्ने सिलसिलामा अधैर्य नभई केही समय पर्खन आग्रह गरें ।
राजनीति, पैसा र यौनबाट मानिसले हतपत मुक्ति पाउँदैन । तृष्णा मेटाउन धेरै ठूलो त्याग र दृढ संकल्प चाहिने रहेछ । शक्ति र लोकप्रियताको चुचुरोमा पुगिसकेका, मलेसियाका भूतपूर्व प्रधानमन्त्री मोहम्मद महाथिरले ९७ वर्षको उमेरमा संसदीय चुनाव लड्दा आफ्नो जमानतसम्म गुमाए ।