पम्फा भुसाल

पम्फा भुसालका लेखहरु :

विद्युतीय गाडीमा सहुलियत दिँदा मुलुकलाई घाटा हुँदैन

जलविद्युत्‌को उपयोगमा विद्युतीय सवारीसाधनको प्रयोग आंशिक पाटो हो । विद्युत्‌को उत्पादन, उपभोग, वितरण वा बिक्री हाम्रो सिंगो अर्थतन्त्रसँग जोडिन्छ । रोजगार सिर्जना गर्न मात्र नभएर व्यक्ति वा सिंगो राष्ट्रको अर्थतन्त्रसँग विद्युत् उपभोग जोडिएको छ । अहिलेसम्म बनेका जलविद्युत् आयोजना प्रायः नदी प्रवाही (आरओआर) छ ।

एउटा थ्री फेज मिटर माग्दा महिनौं कुर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ

मैले मन्त्रालयको नेतृत्व सम्हाल्नेबित्तिकै मासिक २० युनिटसम्म खपत गर्ने ग्राहकलाई निशुल्क विद्युत् उपलब्ध गराउने निर्णय गरियो । करिब २५ लाख परिवार लाभान्वित भएर स्वागत गरेको निर्णयको केही व्यक्तिहरुले (प्राधिकरण भित्रैकाले पनि) विरोध गरे । उनीहरुको तर्क थियो कि यस निर्णयले अब विद्युत् खपत बढाउन भन्दा घटाउन प्रेरित गर्छ । तर हामीले गरेको विद्युत् खपत बढाउने कार्यक्रम प्रचार–प्रसार र धेरै विद्युत् खपत गर्ने ग्राहकको समेत महशुल घटाउने निर्णयले गत वर्षसम्म मासिक २० युनिटसम्म खपत गर्ने ग्राहकको संख्या घटेको छ ।