२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

बाजुरा एमाले अध्यक्षमा ओली विजयी

अर्जुन शाह

धनगढी — नेकपा एमालेको बाजुरा जिल्ला कमिटीको अध्यक्षमा लालबहादुर ओली विजयी भएका छन् । अध्यक्षका पदका प्रतिस्पर्धी उम्मेदवार भरत थापालाई ओलीले १५ मतले पराजित गरेका हुन् । ओलीले कुल ४२५ खसेका मतमा २१८ मत प्राप्त गरेका छन् भने थापाले २०३ मत पाएका छन् ।

बाजुरा एमाले अध्यक्षमा ओली विजयी

यस्तै उपाध्यक्ष पदमा जनकबहादुर बोहरा, सचिवमा काँशीबहादुर बिक, उपसचिवमा हरिबहादुर बोहरा र उपसचिव (महिला) मा राजकला सार्की विजयी भएकी छिन् । उनीहरू सबै ओली प्यानलबाट उम्मेदवारी दिएकाहरू हुन् ।

उपाध्यक्षमा निर्वाचित बोहरा बुढीनन्दा नगरपालिकाका नगर प्रमुख, र उपसचिवमा निर्वाचित रोकाया गौमुल गाउँपालिका अध्यक्ष र सार्की हिमाली गाउँपालिका उपाध्यक्ष हुन् । सदस्य पदको गणना हुन भने बाँकी छ । अधिवेशन जेठ १ गतेदखि सुरु भएको थियो ।

थापा प्यानलबाट उपाध्यक्षमा मेघराज शाही, सचिवमा जनकबहादुर बिष्ट, उपसचिवमा मानबहादुर रोकाया र उपसचिव (महिला) मा कल्पना महत प्रतिस्पर्धी थिए ।

बाजुरामा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा र केन्द्रीय सदस्य लालबहादुर थापा समूहबीच लामो समयदेखि टकराव छ । यस अधिवेशनमा पनि कर्ण थापाले भरत थापा प्यानल खडा गरेका थिए भने लालबहादुर थापाले ओली प्यानल खडा गरेका थिए ।

प्रकाशित : जेष्ठ ७, २०८१ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?