कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सभामुखले पदीय गरिमाअनुसार भूमिका निर्वाह नगरेको कांग्रेसको निष्कर्ष

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले पदीय गरिमा अनुसार भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । कांग्रेसको अवरोधमाबीच  घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अघि बढाएपछि  कांग्रेसले आपत्ति जनाएको हो ।

सभामुखले पदीय गरिमाअनुसार भूमिका निर्वाह नगरेको कांग्रेसको निष्कर्ष

'सभामुखको पदीय गरिमा अनुसार भूमिका भएन । सभामुख पदमा आसिन व्यक्तिले त्यो गरिमा राख्नुपर्छ ।कुनै पार्टी विशेषको जस्तो रुपमा प्रस्तुत हुन हुँदैन' कांग्रेस संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा प्रमुख सचेतक रमेश लेखकले भने,'सभामुखलाई मर्यादित भूमिका कायम गर्न हामीले ध्यानाकर्षण गराएका छौं ।'

प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि अझ समय बाँकी हुँदाहुँदै अवरोधकाबीच सोमबारै विश्वासको मत लिने जबर्जस्ती गरिएको कांग्रेसको धारणा छ ।

'नेपालवको संविधान अनुसार विश्वासको मत लिने ३० दिन छ । विपक्षी दलले संसदीय छानबिन समिति माग गरिरहेको अवस्थामा समितिको कार्यादेश टुंगोमा पुर्‍याएर अन्य काम अघि बढाउनुपर्नेमा सरकारले बहुमतको दम्भमा बलमिच्याइँ गर्‍यो' लेखकले भने । यस्तो कार्यमा सभामुखले पनि सहयोग गरेको कांग्रेसको धारणा छ ।

प्रकाशित : जेष्ठ ७, २०८१ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×