कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कांग्रेसलाई कानुनमन्त्री गिरीको आग्रह- 'संसद्को समस्या संवादबाटै समाधान गरौं'

काठमाडौँ — कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संवादमार्फत् संसद्‌भित्रका समस्या समाधानका लागि प्रमुख विपक्षी कांग्रेसलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिनेक्रममा कांग्रेसले सोमबार गरेको अवरोध दु:खद भएको उल्लेख गर्दै आगामी दिनमा संवादबाटै अघि बढ्न अनुरोध गरे ।

कांग्रेसलाई कानुनमन्त्री गिरीको आग्रह- 'संसद्को समस्या संवादबाटै समाधान गरौं'


संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गिरीले संसद् भनेको सत्ता र प्रतिपक्षको सहकार्यबाट चल्ने बताए ।' संसदीय छानबिन समिति बनाउन हामी सहमत भयौं । त्यसैले संसद चलाउन कांग्रेसले सहयोग गर्नुपर्ने थियो । तर संसलाई बन्धक बनाउने र बाधा पुर्याउने काममा लाग्यो' मन्त्री गिरीले भने ।

संवैधानिक दायित्व अन्तर्गत प्रधानमन्त्रीले विश्वासको मत लिएको उल्लेख गर्दै यस्तो दिनमा लोकतान्त्रिक पार्टीले आफ्नो चरित्र अनुसार गतिविधि नगरेको उनको भनाइ थियो । 'संसदभित्रका समस्या संवादबाट समाधान गरौं' मन्त्री गिरीले भने,' स्वार्थको रोटी सेक्नका लागि कसैले संसद्लाई प्रयोग नगरौं ।' उनले शनिबार भइसकेको सहमतिबाट कांग्रेस पछि हट्दा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ ।


प्रकाशित : जेष्ठ ७, २०८१ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×