प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ : तपाईंलाई जंगलबाट राजनीतिमा कसले ल्याएको हो ?  

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कांग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी दिएको छ । सोमबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठक पछिको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ : तपाईंलाई जंगलबाट राजनीतिमा कसले ल्याएको हो ?  

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिने क्रममा कांग्रेसलाई धेरै सहयोग गरेको उल्लेख गर्दै कांग्रेसले पनि नेकपा (माओवादी केन्द्र)लाई पनि उत्तिकै सहयोग गरेको बताए ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीले मैले नेपाली कांग्रेसलाई धेरै सहयोग गरेको छु । आज नेपाली कांग्रेसले जे गर्‍यो, त्यसका लागि इतिहासमा भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो । मैले सम्मानित आदरणाीय नेता, मैले धेरै आदार पनि गर्छु, उहाँलाई विनम्रताका साथ आग्रह गर्दछु । तपाईंले त हामीलाई भोटको राजनीतिमा आइसकेपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौँ ।'

उनले कांग्रेसलाई माओवादीले भोटको राजनीति सुरु गरेपछि मात्रै सहयोग गरेको भएपनि कांग्रेसले जंगलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको बताए । उनले माओवादीलाई जंगलबाट संसदमा ल्याउने काम कांग्रेसले गरेको बताए । उनले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर कांग्रेसलाई तर्साउन नखोज्न चेतावनी दिए ।

उनले भने, 'तपाईंलाई त जंगलबाट यहाँ राजनीतिमा ल्याउने कांग्रेस हो । बिर्सिनु भयो । हतियार उठाएर यो सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईंलाई शान्तिमा कसले ल्याएको हो ? तपाईं र तपाईंको पार्टीलाई शान्तिमा रुपान्तरण गरेर नेपालको एउटा राजनीतिक दलमा स्थापित गर्न कांग्रेसको सहयोग र भूमिका छैन ? यस्तो गैरजिम्मेवारपूर्ण कुरा गर्ने ? भोलिका दिनमा मूल्य चुकाउनुपर्ला ? के चुकाउनुपर्छ ।'

उनले सरकारसँग सहकारीको रकम हिनाममिना भइसकेको रकम फिर्ता गराउने कार्यक्रम र कार्ययोजना नभएको बताए । उनले भने, 'नेपाली कांग्रेसविरुद्धमा गैरजिम्मेवारपूर्ण ढंगबाट लाञ्छना लगाउने कुरा र बोल्ने कुरा बन्द गर्नुस् । धेरै धम्क्याएर र तर्साएर कांग्रेस धम्किने पार्टी होइन ।’

उनले संसदमा आज भएका गतिविधि शोभनीय नरहेको कांग्रेसको ठहर रहेको बताए ।

प्रकाशित : जेष्ठ ७, २०८१ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x