कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

पहिरोका कारण याङ्वरकमा ९६ परिवार विस्थापित

पाँचथर — बाढी पहिरोको जोखिम बढेसँगै पाँचथरको याङ्वरक गाउँपालिकाका २ वटा वडाबाट ९६ घर परिवार विस्थापित भएका छन । वडा नम्बर ३ मा ५४ र वडा नम्बर २ मा ४२ घरका परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण याङ्वरकमा ९६ परिवार विस्थापित

निरन्तरको वर्षासँगै गत असार २ गतेदेखि अहिलेसम्म गरी २ वडाका ९६ घरपरिवार विभिन्न स्थानमा आश्रय लिइरहेको वडा नम्बर ३ का अध्यक्ष विमल राईले बताए । राईका अनुसार वडा नम्बर–३ ओयाम र वडा नम्बर–२ फलैंचाका वडा नम्बर–१ च्याङथापुमा रहेका अधिकांश घर पहिरोको जोखिममा रहेका छन् ।

उनका अनुसार ओयामको सामाखु,चोथ्रोक,फाक्लुङ र वडा नम्बर २ को सेरेजालगायतका स्थानमा पहिरो गएको छ । जोखिम रहेको स्थानका नागरिकलाई नजिकै रहेका सुरक्षित बस्ती र आफन्तका घरमा सारिएको छ । पहिरोका कारण ओयामदेखि च्याङथापु जोड्ने मध्य पहाडी राजमार्गसहित सहायक सडकमा क्षति पुगेको छ । बाढीले ओयाम खोला र फलाम खोलाका पक्की पुल बगाउँदा च्याङ्थापु –ओयाम आवागमन ठप्प प्रायः छ ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले त्यस क्षेत्रका ४९ घर परिवारलाई प्रारम्भिक राहत दिनुका साथै क्षतिको विवरण संकलन गर्न थालिएको जानकारी दिए ।

प्रकाशित : असार ९, २०८१ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×