कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

‘नकआउट’ स्पर्धामा स्कटल्यान्ड र हंगेरी

रोयटर्स

स्टुटगार्ट — स्कटल्यान्ड र हंगेरीबीच आइतबार हुने समूह ‘ए’ को खेल एक प्रकारले नकआउट प्रतिस्पर्धा नै रहनेछ । यस युरोको अर्को चरण पुग्ने हो भने दुवै टिमलाई जित आवश्यक छ । स्कटल्यान्डलाई केही फाइदा छ, किनभने टोलीको खातामा एक बहुमूल्य अंक छ ।

‘नकआउट’ स्पर्धामा स्कटल्यान्ड र हंगेरी

टोलीसामु समूहको तेस्रो स्थानमा रहने टिममध्ये शीर्ष चारमा रहेर अगाडि बढ्ने अवसर छ । त्यतिमात्र होइन, स्विट्जरल्यान्ड जर्मनीसँग पराजित हुने हो भने स्कटल्यान्डसामु दोस्रो हुने अवसर पनि छ ।

हंगेरी भने विनाअंक पुछारमा छ । टोलीले लिग चरणका सुरुआती दुवै खेल गुमाएको छ । तर हंगेरीको आस मारेको छैन । जर्मनीविरुद्धको खेलमा हंगेरी पराजित रहे पनि टोलीको प्रदर्शन सुधारिएको थियो । मार्को रोसीको टिमले दुवै खेलमा समान खाले प्रदर्शन गरेको छ । शारीरिक शक्तिमा टिकेर गर्ने आक्रमणमा टोली प्रभावशाली देखिएको छ । तर खेलमा क्रममा हंगेरीले त्यस्तै खाले समान भुलहरू दोहोर्‍याएको छ, जसका कारण टोलीले निराशामात्र सामना गर्नुपरेको छ ।

एउटा तथ्य के निश्चित छ भने हंगेरीले स्कटल्यान्डलाई हराएर मात्रै पुग्दैन । अन्तिम १६ मा पुग्ने हो भने हंगेरी धेरै हदसम्म भाग्यमा निर्भर हुनुपर्नेछ । स्टिभ क्लार्कको स्कटल्यान्डलाई चोटग्रस्त खेलाडीको समस्या छ । डिफेन्डर रायन पोर्टियस निलम्बित छन् भने किउर टिरेनी घाइते छन् । क्लार्क भन्छन्, ‘हंगेरीविरुद्धको खेलमा हामी सकारात्मक भएर मैदानमा उत्रँदै छौं । हामीले अहिलेसम्म खेलमा बलियो चुनौती पेस गरेका छौं, यो नै हाम्रो खेल्ने शैली हो ।’

दुवै टिमका हजारौं समर्थक अहिले जर्मनीमा छन् । त्यसमध्ये स्कटल्यान्डका समर्थकको संख्या यति धेरै छ कि टोलीलाई घरमा खेलिरहेको महसुस हुनसक्छ । हंगेरीका समर्थकलाई अहिलेसम्म खुसी हुने खासै अवसर बनेको छैन । तर उनीहरू चाहन्छन्, हंगेरीको प्रदर्शन छनोटका बेला जस्तो होस्, जतिबेला टोलीले अपराजित रहेर एउटै खेल गुमाएको थिएन । यो सबै परिस्थितिमा स्टकल्यान्ड र हंगेरीबीचको खेल रोमाञ्चक र सनसनीपूर्ण मात्र होइन, नाटकीय हुने पूरा सम्भावना छ ।

प्रकाशित : असार ९, २०८१ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×