कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

रविलाई कांग्रेसको चेतावनी : 'कांग्रेस माथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन'

काठमाडौँ — नेपाली कांग्रेसले आफ्ना नेताहरुमाथि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपको पुष्टि गरेर देखाउन चुनौती दिएको छ । 

रविलाई कांग्रेसको चेतावनी : 'कांग्रेस माथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन'

सोमबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो चुनौती दिएका हुन् । उनले नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरुलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग आरोप समेत लगाए । उनले नेपाली कांग्रेसलाई र कांग्रेसका नेताहरुलाई लगाएको आरोप प्रमाणित गरेर देखाउन नसके परिणाम राम्रो नहुने चेतावनी दिए ।

‘नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरुलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग गरेको छ । यो हाम्रो ठहर हो । उहाँले जसरी नेपाली कांग्रेसलाई र कांग्रेसका नेताहरुमाथि जसरी लाञ्छना लगाउनु भयो, जसरी प्रश्न उठाउनुभएको छ, हामी चुनौती दिन चाहन्छौं, चुनौतीपूर्वक भन्न चाहन्छौं, तपाईं छानबिन, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस्,' उनले भने, 'सरकारको त्यो काम हो, प्रश्न सोध्ने काम होइन । सबै घटनाको छानबिन गरेर प्रमाणित गर्नुस् चुनौती छ । तपाईंले यति धेरै लाञ्छना लगाउनुभएको छ, यदि त्यो भोलिका दिनमा प्रमाणित गर्न सक्नुभएन भने के हुन्छ त्यो कुरा भोलिका दिनमा व्यहोर्नु पर्ला ।’

उनले सरकारको काम प्रश्न सोध्ने नभइ काम गर्ने भएको बताए ।

प्रकाशित : जेष्ठ ७, २०८१ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×