एकै दिन ६ जना फरार अभियुक्त पक्राउ

वैशाख १५, २०८१ १२:५६

बर्दिया प्रहरीले एकै दिक ६ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतबाट ०७२ साल चैत ९ गतेको फैसलाले सार्वजनिक अपराध र जालसाजी मुद्दाका ६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

गृहमन्त्री लामिछाने छानबिनबाट डराइरहेका छन् : साउद 

वैशाख १५, २०८१ १२:५५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद एनपी साउदले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आफू उपर भइरहेको छानबिनको मागबाट डराइरहेको आरोप बताएका छन् । सहकारीको बचत ठगी गरेको विषयमा संसदीय छानबिन समित गठन भएमा पारदर्शी हुने पनि साउदको भनाइ थियो । 

सरकार स्थिर नहुँदा संसदीय भूमिका प्रभावकारी भएन : सभामुख घिमिरे

वैशाख १५, २०८१ १२:३४

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्थिर सरकार नहुँदा संसदीय भुमिका पनि प्रभावकारी हुन नसकेको बताएका छन् । उनले संसदीय भूमिका प्रभावकारी बनाउन सुशासन आवश्यक रहेको र त्यसका लागि सरकारको स्थायीयत्व जरुरी भएको बताए । 

अब त्रिविले समयमै परीक्षा संचालन र नतिजा प्रकाशन गर्नेछ : रेक्टर केसी 

वैशाख १५, २०८१ १२:२४

त्रिभुवन विश्वविद्यालयका रेक्टर (शिक्षाध्यक्ष) प्रोफेसर डा. खड्ग केसीले समयमै परीक्षा संचालन र नतिजा प्रकाशन हुने बताएका छन् । आफूसँग त्रिविका लागि काल्पनिक योजना नभएको उनको भनाइ छ । 

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको फिल्डिङ

वैशाख १५, २०८१ १२:२३

वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो ट्वान्टी २० क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ लाई ब्याटिङका लागि बोलाएका हुन् ।

जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै डा पौडेल

वैशाख १५, २०८१ १२:२०

कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा दामोदर पौडेल दम्पती भने समुदायमै पुगेर सबैलाई (विशेष गरी नेपाली मूलका नागरिकलाई) सेवा दिइरहेका थिए । होप वेल हेल्थ केयर सेन्टरले ओहायो र अन्यत्रका करिब ४० ठाउँमा भौतिक र भर्चुअल स्वास्थ्य केन्द्र राखेर उपचार दिएको थियो ।

पर्यटकीय बस्तीमा जापानी नागरिकको उपहार 

वैशाख १५, २०८१ ११:२३

जापानी नागरिकहरूको आर्थिक सहयोगमा सिन्धुपाल्चोकको पर्यटकीय बस्ती इन्द्रावती गाउँपालिकामा सामुदायिक भवन निर्माण गरिएको छ । पालिकाको वडा नम्बर १० स्थित स्थानीय बुढीचौरमा सबै १२ वटा वडाका समुदायले प्रयोग गर्नेगरी जापानी संस्था 'ज्याफ्स'ले भवन निर्माण गरेको हो । 

बालअधिकार परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

वैशाख १५, २०८१ ११:१६

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधार गर्नुपर्ने बताएकी छन् । मन्त्री चौधरीले राष्ट्रिय बाल अधिकार परिषद् बैठकको अध्यक्षता गर्दै शनिबार संरचनागत सुधारका लागि मातहतका निकाय र जिम्मेवार अधिकारीहरूलाई निर्देशन दिएकी छन् । 

जीवन अन्तत: प्याज रहेछ

वैशाख १५, २०८१ १०:४१

आन्दोलन र क्रान्तिको संग्रामी शृंखलाबाट उदाएको गणतन्त्र नेपालमा अनपेक्षित उल्का भयो । जो न कुनै शक्तिकेन्द्रको निकट छ, न प्रिय छ, जो न कुनै शक्तिपीठको भक्त छ, न कृपार्थी छ, जो न कुनै जंगीको शीर्षस्थ हाकिम हो, न हो निजामतीको शीर्षस्थ पुरुष, जो न कुनै दीर्घायुयुक्त शतक पुरुष हो, न हो कुनै लाठेदलको अधिपति, जो न कुनै धनाढ्य कुबेरपति हो, न हो कुनै फिल्मी चटके अभिनयकर्मी, उल्का भयो !

कान्ति लोकपथ  दैनिक तीन घण्टा खुल्ने

वैशाख १५, २०८१ १०:३५

कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो ।

कोपिला भ्यालीमा अमेरिकी आमा 

वैशाख १५, २०८१ १०:२०

अमेरिकाको न्युजर्सीमा एक युवती बिहान खाजा खाने बेला बुवा–आमासँग भन्छिन्, ‘म एक वर्ष कलेज ग्याप गर्न चाहान्छु । असल मान्छे हुने प्रयास गर्छु । छातीमा स्वतन्त्र जोस लिएर साहसिक काम गर्न चाहन्छु ।’ यो सन् २०१५ को कुरा हो । मास्कुले जीवनमा गणितलगायत विषयले आकर्षण नगरेपछि एक युवतीले बुबाआमा समक्ष यो प्रस्ताव राखेकी थिइन् ।

उपेन्द्र सुब्बाको मुन्धुमी लय

वैशाख १५, २०८१ १०:११

जट्टाधारी, खिर खुवाउने झाँक्री धेरैका लागि परिचित पात्र हुन् । झाँक्री मात्रैको ‘ट्रेलर’ हेर्नेको कम लामो ताँती छैन । ‘ट्रोल’ त कति बनेको छ कति ! साउन पन्ध्र आयो कि झाँक्रीकै कुरा आइहाल्छ । जमाना सेल्फीको छ । तर, यी झाँक्रीसित खिचेको ‘सेल्फी’, खासगरी छोरीमान्छेले फेसबुक वा इन्स्ट्राग्राममा पोस्ट गरे भने ‘कमेन्ट’ मा यस्तो आइहाल्छ– ‘बूढाले खिर खुवाउलान् है...!’ उपद्रै ‘गसिप’ र उपद्रै चर्चित छन् यी पात्र । 

पीडाबाट मोक्षको यात्रा

वैशाख १५, २०८१ ०९:४०

निबन्ध–फाँटमा धमाकेदार उपस्थिति जनाएकी थिइन् मोमिलाले, २०६३ सालमा ‘ईश्वरको अदालमा आउटसाइडरको बयान’ शीर्षकको ललित एवं आत्मपरक निबन्ध–सङ्ग्रह प्रकाशित गरेर  । किताबमार्फत उनले केही अहं प्रश्न र केही महत् जिज्ञासा छोडेकी थिइन् । पश्चिमको अस्तित्ववादी–विसङ्गतिवादी चिन्तनको चुरोमा टेकेर जिन्दगीको निरीक्षण गर्ने मोमिलाले आफूलाई तमाम सजिला–अप्ठ्याराहरूको एक्लो योद्धाको रूपमा प्रस्तुत गरेकी थिइन् ।

‘खुङ्खार डाँका’ हर्केको सम्झनामा

वैशाख १५, २०८१ ०९:२७

व्यापारको उद्देश्य लिएर भारत भित्रिएको बेलायतको दी इस्ट इन्डिया कम्पनीले साना–साना विभाजित राज्यहरूमा विस्तारै आफ्नो प्रभुत्व जमाउँदै गरेको बखत थियो त्यो । कम्पनीको कुटिल नियत बुझ्ने शासकहरूमा एक थिए– दक्षिणका मैसुर राज्यका शासक टिपु सुल्तान (सन् १७५१—१७९९) जसलाई ‘टाइगर अफ मैसुर’ भनिने गर्थ्यो ।

सिरानीलाई माइतमानको पीर 

वैशाख १५, २०८१ ०९:०८

सिरानी घर्ती मगरलाई माइतमानले पैसा खोज्ने छोटो समय दिए । नेपाली सेनामा १८ वर्ष अवधि कटाएपछि राजीनामा दिई कामविहीन बनेका माइतमान ८ महिनादेखि काठमाडौंमा वैदेशिक रोजगारीको बाटो खोजिरहेका थिए । ‘कात्तिक ६ गते मेरो उडान छ । भिसा आइसक्यो । १२ लाख रुपैयाँ लाग्ने भयो । ५ गतेभित्र पैसा बुझाइसक्नुपर्छ,’ सिरानीलाई माइतमानले फोनमा भने, ‘तुरुन्तै पैसा खोजेर पठाइदिनु ।’ यो थियो २०८० कात्तिकको कुरा । 

दुई किनाराको जय–पराजय

वैशाख १५, २०८१ ०८:५९

वस्ती र सहर सीमा–रेखाले मात्रै छुट्याउँदैन्, फुटबलले पनि छुट्याउँछ । इटालीको प्रसिद्ध सहर मिलान पनि यस्तै उदाहरण हो । यो सहरको एउटा परिचय भन्नु नै फुटबल हो । 

बझाङमा शान्तिपूर्ण रुपमा मतदान हुँदै 

वैशाख १५, २०८१ ०८:५३

बझाङ प्रदेश सभा निर्वाचन  (१ ) मा मतदान सुरु भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा मतदान कार्य भइरहेको अधिकारीहरूले बताएका छन् । बिहान ८ : ३० बजेसम्म निर्वाचन क्षेत्र भरीमा पाँच प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

वैशाख १५, २०८१ ०८:२६

बझाङ प्रदेश सभा निर्वाचन  (१ ) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए । 

युवा नेपाली फिल्मकर्मीका वृत्तचित्र हेर्न मन पराउँछु

वैशाख १५, २०८१ ०८:२१

नेपालमा रहेका शरणार्थीलाई संरक्षण गर्ने र उनीहरूका समस्या समाधान गर्न संयुक्त राष्ट्रसंघका शरणार्थीका लागि उच्चायुक्त (यूएनएचसीआर) ले नेपाल सरकारको समन्वयमा सन् १९९० को दशकदेखि काम गरिरहेको छ । नेपालमा शरणार्थीका समस्यालाई सम्बोधन गर्ने कार्यको नेतृत्व हाल यूएनएचसीआर प्रतिनिधि कारोलीन श्पानुठ वर्माले गरिरहेकी छन् ।

सन् १९७२ मा आजकै दिन : घानाका प्रथम राष्ट्रपतिको निधन

वैशाख १५, २०८१ ०८:०७

सन् १९७२ मा आजकै दिन (अप्रिल २७) मा घानाका प्रथम राष्ट्रपति क्वामे एन्क्रुमाहको निधन भएको थियो । उनको क्यान्सरको उपचारका क्रममा रोमानियाको बुखारेस्टमा निधन भएको थियो । 

चिया चखाउँदै 'लेडिबग'

वैशाख १५, २०८१ ०८:०५

इलामको चोक बजार नपुग्दै नवीन चोक जोड्ने बाटोको घुम्तीमै छ, हरि गुरुङको इलाम टि हाउस । खासमा उनको त्यो पसलमा दर्जनौं स्वाद र जातका चिया बिक्रीमा छन् । त्यहाँ पुग्ने ग्राहक हुन् या पाहुना, चिया नचखाई उनी हतपत पठाउँदैनन् । टि हाउसभित्र छ, काठको मुढा चिल्याएर बनाएको टेबल । टेबल वरिपरि चार–पाँच थान स्टुल ।

सुदूरपश्चिम, गण्डकी  र  कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

वैशाख १५, २०८१ ०७:५९

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

इलाम-२ मा निर्वाचन सुरु, मतदाताको उत्साहजनक उपस्थिति

वैशाख १५, २०८१ ०७:४१

पूर्व सभामुख तथा संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको गत भदौ २७ मा निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा शनिबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।

बुद्धचित्त : अस्वस्थ प्रतिस्पर्धाले हिंसा बढ्दै

वैशाख १५, २०८१ ०७:२८

असार–साउन नलाग्दै काभ्रेको रोशीमा बुद्धचित्तको मालाको कारोबारको चर्चा सुरु हुन्छ । तर, यस पटक भने चैत महिनामै बुद्धचित्त मालाको चर्चा चर्कियो । कारण, चैत २९ को मध्यराति रोशी गाउँपालिका–५ नागबेलीस्थित शेरबहादुर तामाङको घरमा रहेको बुद्धचित्तको रूख काटियो ।

काठमाडौं–रक्सौल रेलमार्गको फाइनल रिपोर्ट तयारीमा अलमल

वैशाख १५, २०८१ ०७:२२

काठमाडौं–रक्सौल रेलमार्गको फिल्ड सर्भेको काम सकिएको एक वर्ष पुग्न लाग्दा फाइनल रिपोर्ट अझै तयार हुन सकेको छैन । भारतको कोंकण रेलवे कर्पोरेसनको प्राविधिक टोलीले २२ महिना लगाएर तयार पारेको फिल्ड सर्भेको प्रतिवेदन ०८० असारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको थियो ।

सरकारले अनुदान रकम नदिँदा अन्योलमा कृषि बिमा

वैशाख १५, २०८१ ०७:१७

कृषि बिमामा अनुदानबापत रकम सरकारले नदिँदा बिमा कम्पनीहरूले कृषि बिमा लेखको बिक्री र दाबी भुक्तानी रोकेका छन् । कम्पनीहरूले जारी गरेको विज्ञप्तिमा कृषि बिमालेख बिक्री र दाबी भुक्तानी रोक्ने चेतावनी मात्र दिएका छन् ।

धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आईएमई सम्मानित

वैशाख १५, २०८१ ०७:१४

ग्लोबल आईएमई बैंक लिमिटेड आर्थिक वर्ष ०७९/८० मा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाका रूपमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवका अवसरमा ग्लोबल आईएमई बैंक सम्मानित भएको हो ।

फुडमान्डु अब चितवनमा पनि

वैशाख १५, २०८१ ०७:१३

फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । फुडमान्डुको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर र पोखरा हुँदै चितवनमा पनि विस्तार भएको हो ।

विश्वकपअघिको अवसर

वैशाख १५, २०८१ ०७:०७

स्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने ट्वान्टी–२० विश्वकप क्रिकेट सुरु हुनु एक महिनामात्र बाँकी छ । नेपालले वेस्ट इन्डिज ‘ए’ सँग शनिबार सुरु ट्वान्टी–२० शृंखला खेलिरहँदा विश्वकप खेल्ने अन्य टोलीको ध्यान पनि यसले तान्ने छ । नेपाल र वेस्ट इन्डिजसहित अन्य १८ टोलीले ५ दिनभित्र १५ सदस्यीय अन्तिम खेलाडी नामावली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा बुझाइसक्नु पर्नेछ ।

धरौटीमा रिहा भएका दीपेश सीआईबीको ‘निगरानी’ मा

वैशाख १५, २०८१ ०६:३६

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा कारागार चलान भएका दीपेशकुमार पुन शुक्रबार धरौटी बुझाएर रिहा भएलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निगरानीमा परेका छन् । उनलाई वैशाख ७ मा जिल्ला अदालतले ४ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

बाल मन्दिरमा बृहस्पति स्कुल सञ्चालन गर्न दिने सम्झौता खारेज

वैशाख १५, २०८१ ०६:३४

नेपाल बाल संगठनको स्वामित्वमा रहेको नक्सालस्थित बाल मन्दिरको जग्गा कौडीको भाउमा निजी शैक्षिक संस्था बृहस्पति विद्या सदन (विद्यालय) लाई लिजमा दिने गरी भएको विवादित सम्झौता खारेज भएको छ । संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी, शक्ति केन्द्र र स्वार्थ समूहको योजनामा २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई २१३१ सालसम्मका लागि लिजमा दिने गरी भएको सम्झौता शुक्रबार खारेज भएको हो । यो निर्णयसँगै बाल मन्दिर परिसरमा रहेको बृहस्पतिको संरचना पनि त्यहाँबाट हटाइने भएको छ । 

आज इलाम र बझाङमा उपनिर्वाचन

वैशाख १५, २०८१ ०६:२५

आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

छोरालाई जिउँदै जलाउनेलाई सजाय दिलाउन जो साढे १६ वर्ष लडे

वैशाख १५, २०८१ ०६:१६

बुढ्यौली उमेर आराम गर्ने उमेर हो, तर रौतहटको यमुनामाई–४ सरुअठा गाउँका ८३ वर्षीय श्रीनारायण सिंहले पछिल्ला करिब डेढ दशक ‘आराम’ भन्नसमेत भ्याएनन् । न्यायका लागि अड्डा अदालत धाउँदैमा उनको बुढ्यौली उमेरका झन्डै साढे १६ वर्ष बिते । 

न्यायालय र मिडियाप्रति अनास्था फैलाउन 'फेक न्युज’

वैशाख १५, २०८१ ०६:०९

आधा दर्जन सहकारीका करिब ५० हजार सर्वसाधारण बचतकर्ताको रकम अपचलन गरेर सञ्चालन गरिएको ग्यालेक्सी टेलिभिजनमा प्रसारित हुने कार्यक्रम ‘सिधा कुरा’ अचेल यही नामको अनलाइनमा युट्युबबाट प्रसारित भइरहेको छ । शुक्रबार बिहान ‘अपलोड’ गरिएको कार्यक्रममा नेपालको व्यावसायिक पत्रकारिता र स्वतन्त्र न्यायपालिकामाथि आधारहीन लाञ्छना लगाइएपछि सरोकारवालाहरूले गम्भीर आपत्ति व्यक्त गरेका छन् । 

झुक्किएर मोबाइलमा २५ हजार रुपैयाँसम्म टपअप

वैशाख १४, २०८१ २२:४४

मोबाइलमा रिचार्ज गरेपछि त्यो ग्राहकको मेन ब्यालेन्सका रूपमा जम्मा हुने र रिचार्ज गर्नासाथ अपरेटरको बिलिङ प्रणालीबाट रिचार्जबापत सरकारलाई बुझाउनुपर्ने कर स्वतः काटिने भएकाले रकम फिर्ता गर्न नमिल्ने कम्पनीहरूको भनाइ

कामीरिता शेर्पा २९औं पटक सगरमाथा चढ्दै

वैशाख १४, २०८१ २२:३४

विश्वको अग्लो शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरिसकेका विश्वप्रख्यात आरोही कामीरिता शेर्पा आफ्नै २८ औं किर्तिमान ब्रेक गर्न सगरमाथा आधार शिविर पुगेका छन् । पर्यटन विभागका अनुसार, उनी विदेशी भीभीआईहरुको समूहको गाइडका रुपमा यसपाली २९ औं पटकका लागि सगरमाथा आरोहण गर्न लागेका हुन् ।

भ्रामक सामग्री सम्प्रेषण गर्ने अनलाइनविरुद्ध पत्रकार काफ्लेले दिए उजुरी

वैशाख १४, २०८१ २२:२८

अन्नपूर्ण पोस्ट दैनिकका संवाददाता सुरेन्द्र काफ्लेले गलत अडियो उत्पादन गरी त्यसमा आफ्नो समेत नाम जोडेर सम्प्रेषण गरेको भन्दै कारबाहीको मागसहित प्रेस काउन्सिसल र पत्रकार महासंघमा उजुरी दिएका छन् ।

'फेक न्युज' सम्प्रेषण गर्नेलाई कारबाही गर : अध्यक्ष सिरोहिया

वैशाख १४, २०८१ २२:१७

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सर्वोच्च अदालतका न्यायाधीशदेखि आफूसमेतलाई जोडेर 'फेक न्युज' उत्पादन  तथा सम्प्रेषण' गर्नेलाई कारबाही गर्न माग गरेका छन् । 

राष्ट्रिय रेटिङ चेस सुरु

वैशाख १४, २०८१ २२:०८

नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस प्रतियोगिता शुक्रबार ललितपुरको सानेपामा सुरु भएको छ । नेपाली कांग्रेस पार्टी कार्यालयमा प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका थिए ।

सरकारले अनुदान रकम नदिँदा अन्योलमा कृषि बिमा

वैशाख १४, २०८१ २१:५४

कृषि बिमामा अनुदानबापत रकम सरकारले नदिँदा बिमा कम्पनीहरुले कृषि बिमा लेखको बिक्री र दाबी भुक्तानी रोकेका छन् । कम्पनीहरूले जारी गरेको विज्ञप्तिमा कृषि बिमालेख बिक्री र दाबी भुक्तानी रोक्ने चेतावनी मात्र दिएका छन् । तर, भित्रभित्रै बिमालेख बिक्रीसँगै दाबी भुक्तानी रोकेको कम्पनीहरूले स्विकार्छन् ।

सूर्य नेपाल काठमाडौं ओपन : कोर्स रेकर्ड बराबरीसँगै नीरजले जिते पहिलो उपाधि 

वैशाख १४, २०८१ २१:३३

नीरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८ अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराएर करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन जितेका छन् ।

हलेसी तुवाचुङमा डढेलोले ६ घर जल्यो

वैशाख १४, २०८१ २१:२६

डढेलोबाट सल्किएको आगोले ६ घर जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित सल्लेपोखरी पाखा सामुदायिक वनबाट सल्किएको आगोले स्थानीय मदनकुमार थापा, खगेन्द्र विश्वकर्मा, गोपालबहादुर थापा, इन्द्रबहादुर थापा, झनबहादुर थापा र भेषबहादुर रानाको घर जलेर नष्ट भएको हो ।

वाग्मती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा

वैशाख १४, २०८१ २१:२२

वाग्मती प्रदेशअन्तर्गतका सरकारी कार्यालयले यही वैशाख २४ गतेदेखि आवश्यक जानकारी तीन भाषामा दिने भएका छन् । 

साँखुमा बज्रयोगिनी जात्रा मनाइयो

वैशाख १४, २०८१ २१:०४

साँखुमा बज्रयोगिनीको जात्रा मनाइएको छ । नौ दिन मनाइने जात्राको चौथो दिन शुक्रबार 'मु' जात्रा अर्थात् मुख्य दिन हो । आजको दिन गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँ हातमा कमलको फूल, बहुमूल्य हिरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनीलाई साँखु नगर गरिक्रममा गराइएको थियो ।

नवीकरण शुल्क एकमुष्ट तिर्दा टेलिकमको भविष्य अनिश्चयमा पर्ने कर्मचारी संठगनको दाबी

वैशाख १४, २०८१ २०:४६

पहिलो र दोस्रो अनुमतिपत्र नवीकरण शुल्क किस्ताबन्दीमा तिर्ने सुविधा पाएको नेपाल टेलिकमलाई हाल सरकार र नियामक निकायले तेस्रो नवीकरणबापत बाँकी रहेको रकम एकमुष्ट दाखिला गर्न भनेसँगै विवाद सुरु भएको छ ।  सरकारको यस्तो निर्देशनले नेपाल टेलिकमको भविष्य नीतिगत तथा प्रविधिजन्य चुनौतिका कारण अनिश्चयमा परेको भन्दै टेलिकमका क्रियाशील कर्मचारी संगठनहरूको शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

खेल क्षेत्रको बजेट बढाउन जरुरी छ : प्रवक्ता महत

वैशाख १४, २०८१ २०:३१

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले खेल क्षेत्रको बजेट दोब्बर वृद्धि गर्नुपर्ने बताएका छन् । नुवाकोटको बट्टारमा शुक्रबारदेखि सुरु भएको प्रथम स्वर्गीय ध्रुव अमात्य स्मृति कपको उद्घाटनमा बजेट विनियोजनमा खेल क्षेत्र सधैँ अन्यायमा पर्दै आएकाले तीन तहकै सरकारबाट आगामी दिनमा बजेटको आकार दोब्बरले बढाउँदै लैजानुपर्ने बताए । 

मुलुकको अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

वैशाख १४, २०८१ २०:२६

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको अर्थव्यवस्था मिश्रित अवस्थामा रहेको बताएका छन्।  नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताए ।