कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

आगो निभाउन जाँदा एक जनाको मृत्यु, दुई घाइते

प्रकाश बराल

बागलुङ — वनमा लागेको डडेलो निभाउने क्रममा बागलुङको तमानखोलामा एकजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

आगो निभाउन जाँदा एक जनाको मृत्यु, दुई घाइते

शुक्रबार दिउँसो आगो निभाउन गएका तमानखोला गाउँपालिका-३ को सिलगुम गाउँका ४८ वर्षीय देवसिंह कामीको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । सोही क्रममा ३१ वर्षीय ज्ञानबहादुर बुढामगर र ३३ वर्षीय प्रेमबहादुर घर्तीमगर घाइते भएका छन् । घटनास्थल सदरमुकामदेखि १ सय २० किमी पश्चिममा पर्छ ।

घाइतेको अनुहार, हातखुट्टामा समेत आगोले पोलेको स्थानीयले बताए । दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भइरहेको छ । जंगलको आगो गाउँका घरगोठमा पनि सल्केको थियो । आगोले तमानखोला-२ का रामबहादुर कार्कीको जस्ताले छाएको घर, सूर्यबहादुर सिर्पालीको गोठ जलेर पशुचौपाया समेत क्षति भएको छ । प्रहरीले पशुचौपायाको क्षतिबारे तथ्यांक संकलन गरिरहेको बताएको छ ।

आगोले यहाँका दर्जनौ जंगल नष्ट भएका छन् । यादवले जिल्लाका धेरै स्थानमा आगो लागेको सूचना आएको र सोहीअनुसार निभाउने गरी प्रहरी र स्थानीय बासिन्दा परिचालन भएको तर एकिन तथ्यांक निकाल्न नसकेको बताए ।

प्रकाशित : वैशाख १५, २०८१ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?