आफ्नो उत्पादन निकासी गरेवापत सात वर्षदेखि भारतलाई एन्टी डम्पिङ महशुल तिर्दै आएका सुनसरी मोरङ औद्योगिक क्षेत्रका जुट उद्योगीले भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष उक्त शुल्क हटाउने पहल गर्न आग्रह गरेका छन् ।
ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र एनबीएससी विराटनगरले शुक्रबार जित निकाल्दै समूहमा समान ४ अंक जोडेका छन् । पुलिसले एनबी ग्रुप धनगढीलाई ६ विकेट र विराटनगरले युनाइटेड दिल्लीलाई ३२ रनले हराएर ‘ख’ समूहको शीर्ष दुई स्थानमा पुगेका हुन् । विजेता दुई टिमबीच शनिबार हुने लिगको अन्तिम खेलको विजेताले उपाधिका लागि आर्मीसँग प्रतिस्पर्धा गर्ने छ । आर्मी समूह ‘क’ बाट फाइनल पुगिसकेको छ ।
सरकारले निकासीमा नगद अनुदानको व्यवस्था गरेपछि नेपाली प्लाइउड भारत निकासी बढेको छ । चालु आर्थिक वर्षको आठ महिनामा तीन अर्ब मूल्य बराबरका नेपाली प्लाइउड भारत निकासी भएको तथ्याङ्क छ । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुको कार्यकालमा नेपाली प्लाइउड निकासीमा स्वदेशी कच्चा पदार्थ प्रयोगका आधारमा ४ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने निर्णय भएको थियो ।
विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको ६७ करोड ८६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अध्यक्षसहित ९ जनाविरुद्ध जिल्ला अदालत मोरङमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । विराटनगरका मात्र १ हजार २ सय ९७ जना बचतकर्ताले ५० करोड ६३ लाख भन्दा बढी आफ्नो बचत हिनामिना भएको भन्दै मोरङ प्रहरीमा उजुरी दिएका थिए ।
झन्डै एक वर्षदेखि बन्द भारतको मिरगन्जमा नयाँ पुल बनेसँगै मंगलरबारदेखि सञ्चालनमा आएको छ । भारत र बेलायत युद्धकालमा निर्मित मिरगन्ज पुल क्षतिग्रस्त भएको भन्दै भारतले गत पुसदेखि जोगवनी नाकाबाट मालवाहक गाडी आउजाउमा रोक लगाएको थियो ।
विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा स्तरोन्नति गर्नका लागि भन्दै दुई वर्षदेखि रोक्का राखिएको सर्वसाधारणको १ सय २६ बिघा जमिन सरकारले फुकुवा गरेको छ । मन्त्रिपरिषदको २०७७ कात्तिक २७ गतेको बैठकले विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरमा स्तरोन्नति गर्न १ सय २६ दशमलव ४६ बिघा जमिन अधिग्रहण गर्ने निर्णय गरेको थियो । त्यसको मुआब्जाका लागि संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशत रकम ब्यहोर्ने निर्णय भएको थियो ।
विराटनगरको आदर्श माविबाट एसएलसी उत्तीर्ण गरेपछि २०४० सालमा अरुण राठी उच्च शिक्षाका लागि भारतको कोलकाता पुगे । त्यो बेला गुणस्तरीय स्वास्थ्योपचार र शिक्षाका लागि बाहिर जानुको विकल्प पनि त थिएन ।
विराटनगर जुट मिल स्थापना जब भयो, खुला क्षेत्रमा ठूला उपकरणसहित उद्योग फैलियो । यसले नयाँ सम्भावना देखायो । १९९३ सालअघि सानातिना उद्योग भए पनि बृहत् संरचना र धेरै कामदार भएको पहिलो उद्योग यही थियो । यससँगै मुलुकमा औद्योगिकीकरण र निकासी व्यापारको जग बसेको हो ।
भारतको विभेदपूर्ण कर नीतिले नेपाली जुट उद्योग पाँच वर्षदेखि मारमा पर्दै आएका छन् । भारतले नेपालबाट निकासी हुने जुटका तयारी वस्तुमा पाँच वर्षदेखि चार प्रतिशतसम्म एन्टी डम्पिङ ड्युटी (एडीडी) लगाउँदै आएको छ । तर बंगलादेशबाट निकासी हुने जुटका वस्तुमा उक्त कर छैन ।