कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५७

बेलबारी गोल्डकप : चर्च ब्वाईजलाई हराउँदै झापा अन्तिम चारमा

विनोद भण्डारी

विराटनगर — राष्ट्रिय लिग विजेता चर्च ब्वाइज काठमाडौंको चुनौती २–१ गोलले पन्छाउँदै बिर्तामोड युथ क्लब झापा बुधबार छैटौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेको छ ।

बेलबारी गोल्डकप : चर्च ब्वाईजलाई हराउँदै झापा अन्तिम चारमा

झापाले फाइनल प्रवेशका लागि शुक्रबार सहलेश युथ क्लब सिरहाको सामना गर्ने छ ।

सुरुवाती अग्रतालाई जोगाउन नसक्दा पाहुना टोली चर्च ब्वाइज पहिलो खेलबाटै घर फर्कन बाध्य बन्यो । खेलको ३४ औं मिनेटमा चर्जका लक्षु पुनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको झापाले दोस्रो हाफमा पुनरागमन गर्दै टिमलाई अन्तिम चारको यात्र गर्‍यो । उसका लागि ५२ औं मिनेटमा विशाल बस्नेतले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले आशिष चापागाईंको पासलाई सदुपयोग गरे । ५८ औं मिनेटमा खमिर गिल्सनले चापागाईंकै पासमा गोल गर्दै टिमलाई अग्रता दिलाउँदा त्यो गोल नै म्याचको निर्णायक गोल वन्यो । गिल्सन म्यान अफ द म्याच भए ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बिहीबार आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग बेलगारी र ब्रिगेड ब्वाईज काठमाडौंबीच हुने छ । प्रतियोगिताको विजेताले ८ लाख रुपैयँ र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।

प्रकाशित : कार्तिक २, २०८० १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?