मनिताले काजकिस्तानमा छनोट खेल्ने
काठमाडौँ — पेरिस ओलम्पिकका लागि छनोट आधार रहेको काजकिस्तान बरिसी ग्रान्ड स्लाम टेनिसमा नेपालकी मनिता श्रेष्ठ प्रधानले भाग लिने भएका छन् ।
काजकिस्तानको अस्तानामा प्रतियोगिता मे १० देखि १२ सम्म हुनेछ । मनिताले महिला ५७ केजीमुनि तौल समूहमा प्रस्तुत गर्ने छन् । मनिता ओलम्पिक सोलिडारिटी छात्रवृत्तिप्राप्त खेलाडी हुन् । प्रशिक्षकमा देवु थापा छन् । दुई सदस्यीय नेपाली जुडो टोली बुधबार त्यसतर्फ जाने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष श्रेष्ठले जनाए ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार बिदाइ गरे ।
प्रतिक्रिया