कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

विद्युत् लाइन काटिएपछि रिलायन्स स्पिनिङका मजदुर प्राधिकरणविरुद्ध आन्दोलित

विनोद भण्डारी

विराटनगर — डेडिकेटेड र ट्रंकलाइन बक्यौता नतिरेको भन्दै विद्युत् प्राधिकरणले लाइन काटेपछि उद्योग बन्द भएर रोजगार गुमेको भन्दै रिलायन्स स्पिनिङ मिल्सका मजदुर आन्दोलित भएका छन् ।

विद्युत् लाइन काटिएपछि रिलायन्स स्पिनिङका मजदुर प्राधिकरणविरुद्ध आन्दोलित

सुनसरीको खनारस्थित गोल्यान समूहको लगानी रहेको उक्त मिल्सका मजदुर आइतबारदेखि सडक आन्दोलनमा उत्रिएका हुन् ।

प्राधिकरणले विद्युत् लाइन काटेपछि उद्योग पूर्णरुपमा ठप्प भएर मजदुर बेरोजगार भएको र विद्युत् अभावमा उद्योग परिसरमा खानेपानीको समेत समस्या भएको नेपाल कारखाना श्रमिक संघका अध्यक्ष धनेश्वर चौधरीले बताए । उनीहरुले आइतबार प्रदर्शन गर्दै सुनसरीस्थित विद्युत् प्राधिकरण्को वितरण शाखा र जिल्ला प्रशासन कार्यालयमा केहीबेर धर्ना दिएर ज्ञापनपत्र बुझाएका छन् । मिलमा १ हजार ६ सय महिलासहित ४ हजार मजदुर कार्यरत छन् ।

रिलायन्सका मजदुरको सडक आन्दोलनमा जुट गार्मेन्ट कार्पेट टेक्सटायल यूनियन, नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ र समाजवादी कारखाना श्रमिक संघले ऐक्यबद्धता जनाएका छन् । प्राधिकरणले विद्युत् लाइन जडान नगरेसम्म आन्दोलन जारी रहने चौधरीले बताए । 'उद्योगलाई विद्युत् देउ या रोजगार खोसिएका मजदुरलाई रोजगारी देउ' भन्ने प्रमुख माग रहेकाे उनले बताए ।

गोल्यान समूहको लगानीमा सञ्चालित यो उद्योगले डेडिकेटेड र ट्रंकलाइनबापत विद्युत् प्राधिकरणलाई एक अर्ब ९४ करोड विद्युत् महसुल तिर्न बाँकी रहेको भन्दै तीन दिनअघि प्राधिकरणले लाइन काटेपछि उद्योग पूर्णरुपमा बन्द भएको छ ।

प्रकाशित : पुस ८, २०८० १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?