कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

राष्ट्रिय सभा निर्वाचन : कोशीमा एमाले–राप्रपा तालमेलकाे सहमति

विनोद भण्डारी

विराटनगर — राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा एमाले र राप्रपाबीच तालमेलको सहमति भएको छ । माघ ११ हुने निर्वाचनमा कोशीमा अन्यतर्फ र महिला तर्फ एक/एक सदस्य चयन हुँदैछन् ।

राष्ट्रिय सभा निर्वाचन : कोशीमा एमाले–राप्रपा तालमेलकाे सहमति

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र राप्रपा कोशी प्रदेश अध्यक्ष रामकुमार थापाले साेमबार हस्ताक्षर गरेको सहमतिमा पत्रमा अन्यतर्फ राप्रपा उम्मेदवार उद्धव पौडेललाई र महिला तर्फ एमाले उम्मेदवार रुक्मणि कोइरालालाई मतदान गर्ने उल्लेख छ ।

एमालेबाट अन्यतर्फ पर्शुराम अधिकारी र महिला तर्फ रुकमणि कोइरालाको मनोनयत दर्ता भएको थियो । राप्रपाबाट अन्यतर्फ उपाध्यक्ष उद्धव पौडेलले उम्मेदवारी दर्ता गरेर महिला तर्फ उम्मेदवारी दिएको थिएन ।

एमाले–राप्रपाको चुनावी तालमेल भए पनि सत्ता गठबन्धनको मतभार अझै ८ सय ७० ले बढी छ । प्रदेशमा सत्ता गठबन्धनको मतभार ५ हजार ४७४ र एमाले–राप्रपाको ४ हजार ६०४ छ । त्यसैगरी स्वतन्त्रको मतभार ५७ छ ।

उक्त निर्वाचनमा प्रदेशसभाका ९३ सांसद र स्थानीय तहका २ सय ७४ प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ हुन्छ । कोशीमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक प्रदेशसभा सदस्य छन् ।

त्यसैगरी स्थानीय तहतर्फ कांग्रेसका ११५, एमालेका ११०, माओवादी केन्द्रका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना प्रमुख र उपप्रमुख छन ।

काेशीमा कांग्रेसको ३ हजार ७ सय २२, एमालेको ४ हजार २ सय १०, माओवादी केन्द्रको १ हजार २ सय ७८, राप्रपाको ३ सय ९४, एकीकृत समाजवादीको ३ सय ४५ र जसपाको १ सय २९ र स्वतन्त्रको ५७ मतभार छ ।

प्रकाशित : माघ ८, २०८० २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?