कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

उधारो कारोबार व्यवस्थापनमा सहकार्य गर्न व्यवसायिक संस्थाबीच समझदारी

विनोद भण्डारी

विराटनगर — कोशी प्रदेशका १० जिल्ला र नगर उद्योग वाणिज्य संघहरूले उधारो कारोबार व्यवस्थापनका लागि सहकार्य तथा समन्वय गर्न सामूहिक पहल गर्ने समझदारी गरेका छन् ।

उधारो कारोबार व्यवस्थापनमा सहकार्य गर्न व्यवसायिक संस्थाबीच समझदारी

उद्योग संगठन मोरङको समन्वयमा मंगलबार मोरङको सुन्दर हरैंचामा भएको सयुक्त भेलाबाट व्यवसायिक क्षेत्रका लागि उधारो कारोबार चुनौतिका रुपमा देखिएको स्वीकार्दै यसको व्यवस्थापनका लागि हातेमालो गर्न सहमत भएका हुन् ।

‘उधारो समयमै तिरौं, व्यापारिक सद्भाव कायम राखौं’ भन्ने नाराका साथ भएको सामूहिक भेलापछि जारी ६ बुँदे समझदारीमा उधारो कारोबारको नियमनका लागि स्पष्ट कानुनी व्यवस्था गर्न सरकार समक्ष सामूहिक पहल गर्ने, जिल्ला, नगर उद्योग वाणिज्य संघले सम्बन्धित फर्म, कम्पनी वा उद्योगलाई उधारो रकम यथाशीघ्र फरकफारक पार्न पहल गर्ने, आफु सम्बन्धित क्षेत्रका उद्योग वा व्यापारिक पक्षलाई उधारो कारोबार व्यवस्थित गर्न पत्राचार गरी नैतिक एवं सामाजिक दबाब सृजना गर्ने उल्लेख छ ।

त्यसैगरी आगामी दिनमा मुलुकका अन्य जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई यस पहलमा समावेश गर्दै लैजाने, उद्योग, व्यवसायलगायत व्यवसायिक क्षेत्रको प्रबर्द्धन र बृहत्तर हितका मुद्दामा साझा धारणा बनाई कार्य गर्ने र संस्थागत विकास एवं सृदृढीकरणका लागि आपसी अन्तर संवादलाई आगामी दिनमा थप सक्रिय बनाउँदै लैजाने समझदारी पत्रमा उल्लेख छ ।

सामूहिक भेलामा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले व्यवसायिक सम्बन्धका आधारमा हुने उधारो कारोबारलाई नियमन गर्न सरकारको हालसम्म कुनै स्पष्ट कानुन नभएकाले व्यसायिक हितका लागि संगठनले पहल प्रारम्भ गरेको बताउँदै आगामी दिनमा अन्य जिल्ला र नगर उद्योग वाणिज्य संघलाई समेट्दै अगाडी बढ्ने बताए ।

राजश्व सम्बन्धी विवाद समाधानका लागि राजश्व न्यायाधीकरण, बैंकहरुको ऋण असुलीका लागि ऋण असुली न्यायाधीकरण जस्ता निकाय रहे पनि उधारो उठाउने सम्बन्धमा कुनै न्यायिक निकाय नभएको उल्लेख गर्दै व्यवसायी बीच रहेको यो साझा समस्यालाई समाधान गर्ने कानुनी व्यवस्थाका लागी सरकार समक्ष पहल गर्न जरुरी भएको सुरानाको भनाई थियो ।

समझदारीमा उद्योग संगठन मोरङका अध्यक्ष सुराना, मोरङ व्यापार संघका नविन रिजाल, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री, ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवी प्रसाद गुरागाई, विर्तामोड उद्योग वाणज्य संघका अध्यक्ष प्रकाश सिवाकोटी, ईनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष बीरेन्द्रकुमार साह, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण रिजालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : माघ १०, २०८० १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?