चौथो मिल्स गोल्डकप : पेमा युवा क्लब फाइनलमा
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
विराटनगर — कोशी प्रदेश प्रहरी टिमलाई ३–१ गोलले पराजित गर्दै पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । जितसँगै पेमाले उपाधिका लागि शनिबार सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीसँग खेल्नेछ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![चौथो मिल्स गोल्डकप : पेमा युवा क्लब फाइनलमा](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/sports/spors-1-2542024032244-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
पेमाका लागि मिलन राई, समिर राई र कुलदीप कार्कीले गोल गरे । प्रदेश प्रहरीका लागि उज्जवल राईले सान्त्वना गोल गरे । सुरुवाती अग्रता भने प्रहरीले खेलको २९ औं मिनेटमा उज्जल राईको गोलमार्फत लिएको थियो । खेलको ४३ औं मिनेटमा पेमा युवाका मिलन राईले टाउकाले गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । ६१ औं मिनेटमा पेमाका समिर राईले गोल गर्दै अग्रता दोब्बर बनाए ।
दोस्रो हाफपछि सौरव लिम्बुको ठाउँमा मैदान प्रवेश गरेका समिरले मिलन राईले निकालेको क्रस पासलाई गोलमा परिणत गरे । अग्रता दोब्बर बनाएको चार मिनेट बित्न नपाउँदै पेमाका कुलदीप कार्कीले गोल गर्दै टिमको जित सुनिश्चत गरे । प्रतियोगिताको प्लेयर अफ द म्याच पेमा युवा क्लबका मिलन राई भए । उनले नगद तीन हजार रुपैयाँ पाए ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिता विजेताले २ लाख ११ हजार १ सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउने छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)