२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

आयात २ र निर्यात ३ प्रतिशतले घट्यो

काठमाडौँ — चालु आर्थिक वर्षको १० महिनामा आयात २.३९ प्रतिशत र निर्यात ३.६१ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि वैशाखसम्मको तथ्यांकले व्यापार घाटा २.२६ प्रतिशत रहेको देखाएको छ । 

आयात २ र निर्यात ३ प्रतिशतले घट्यो

विभागका अनुसार १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्ष सोही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । साउनदेखि वैशाखसम्म १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ थियो ।


प्रकाशित : जेष्ठ ७, २०८१ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?