२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

वाग्मतीमा संसदीय समितिका सभापतिले लिए शपथ

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशमा संसदीय समितिका सभापतिहरुले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

वाग्मतीमा संसदीय समितिका सभापतिले लिए शपथ

सदनमा प्रतिनिधित्व गर्ने ठूल दलको सहमतिपश्चात् भागबण्डामा एउटा संसदीय समिति थप गरी दुई चरणको ६ वटा समितिको सभापति चयन गरिएको थियो ।

प्रदेशसभा सञ्चालन भएको करिब १५ महिनापश्चात् समिति सभापति चयन भएको हो । सभामुख भुवन पाठकले संसदीय समितिका सभापतिलाई शपथ ग्रहण गराएका थिए ।

प्रदेश मामिला समिति समिति सभापतिमा नेपाली कांग्रेसका छिरिङ दार्जे लामा तथा सार्वजनिक लेखा समिति सभापतिमा श्रीराम लामिछाने, अर्थ तथा विकास समिति सभापतिमा राप्रपाका नुरज बज्राचार्य, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापतिमा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल, उद्योग, पर्यटन तथा वातावरण समिति सभापतिमा एमालेका आनन्दकुमार श्रेष्ठ तथा विशेषाधिकार समिति सभापतिमा नेकपा एसका मायादेवी शर्मा चयन भएका छन् ।

उनीहरुले सोमबार नै पदभार समेत ग्रहण गरेका छन् ।

प्रकाशित : जेष्ठ ७, २०८१ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?