राजकुमार कार्की

राजकुमार कार्कीका लेखहरु :

बीपी राजमार्गमा खहरेले सधैंको सकस

विराटनगरबाट काठमाडौं जाँदै गरेका माइक्रो बसका चालक सुवास थिङ कमलामाई नगरपालिका–९ को भिमान आएपछि करिब तीन घण्टा अड्किए । यो ३ दिनअघिको घटना हो ।

जहाँ गोर्खालीले अंग्रेजलाई हराएका थिए

सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढीमा मुलुककै पहिलो युद्ध संग्रहालय निर्माण भएको छ । संग्रहालयको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । 

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन [तस्बिरहरू]

राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छिन् । सेनाले निर्माण गरेको उक्त संग्रहालयको राष्ट्रपति भण्डारीले बुधबार बिहान उद्घाटन गरेकी हुन् ।

नेपाल–अंग्रेज युद्ध अब संग्रहालयमा [तस्बिरहरु]

संग्रहालयको प्रवेशद्वारमा तोपगोलासहित बसेका सैनिक । प्राङ्गणमा सेनाको चहलपहल । राष्ट्रिय झण्डा फहराएर सलामी अर्पण गरेका सेना प्रतिक । पूर्वपट्टी वीर योद्धाहरु घरेलु हतियार सहित लडाइँको मैदानमा रहेको भान हुने प्रतिमूर्ति । नजिकै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक । ऐतिहासिक सिन्धुलीगढीमा भएको यतिखेरको परिदृश्य हो यो ।

चक्लाबन्दी खेतीबाट उत्पादन दोब्बर

सिन्धुलीको दुधौली नगरपालिका–२ हत्पतेमा गरिएको चक्लाबन्दी खेतीबाट यसअघिको भन्दा उत्पादन दोब्बर भएपछि किसान उत्साहित बनेका छन् ।

कोइराला र सिंहसँगको सहकार्य टुट्ने खालको छैन : निधि

कांग्रेस उपसभापति विमलेन्द्र निधिले शशांक कोइराला र प्रकाशमान सिंह सँगको सहकार्य थप दुई महाधिवेशनसम्म कायम रहने बताएका छन् । १४ औं महाधिवेशन तोकिएको मितिमै हुने भन्दै उनले पार्टी सभापतिका लागि आफूहरुमध्येबाट एकजनाको उम्मेद्वारी सहकार्यको प्रयास जारी रहेको बताए ।

बाढीले सिन्धुलीमा निर्माणाधीन झोलुंगे पुल भत्कायो

लगातारको वर्षापछि चँदाहा खोलामा आएको बाढीले सिन्धुलीको तीन पाटन गाउँपालिका वडा नम्बर १ र २ जोड्ने निर्माणाधीन झोलुंगे पुल भत्काएको छ  ।

बीपी राजमार्गमा पहिरैपहिरो

मनसुन सक्रियसँगै लगातारको वर्षाले जेठ अन्तिम सातायता बीपी राजमार्गका चारवटै खण्डमा गरी चार दर्जनभन्दा बढी पहिरो खसेका छन् । जापान सरकारको अनुदान सहयोगमा बनेको यो राजमार्गको सिन्धुलीमाडी–खुर्कोट र बर्दिवास–सिन्धुली खण्डमा बढी पहिरो खसेको छ ।

खहरेले सयौं बिघा खेत बगर

चुरेबाट निस्कने खहरेले बगाएर ल्याउने गेग्रानले यो वर्ष जिल्लाको सयौं बिघा खेत पुरेको छ । कमलामाई नगरपालिका–१ का किसान गणेश कार्कीले खहरेले पुरेको खेतलाई सम्याएर खेती गर्न थालेको ३ वर्ष पनि नबित्दै खेत फेरि बगर बनेको छ । चुरेबाट निस्केको मछिने खहरेले उनको १० कट्ठा खेतलाई बगर बनाएको हो ।