सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ को अक्करे भिरमा खसेको लेदोसहितको पहिरो लगातार पानी परिरहेकाले पन्छाउन नसक्दा पूर्वी पहाड आवतजावत गर्ने सवारी साधन अलपत्र परेका छन् ।
सिन्धुली — लगातारको वर्षाका कारण अक्करे भिरमा लेदोसहितको पहिरो खस्दा मध्यपहाडी राजमार्गअन्तर्गत खुर्कोट– घुर्मी खण्ड अवरुद्ध बनेको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ को अक्करे भिरमा खसेको लेदोसहितको पहिरो लगातार पानी परिरहेकाले पन्छाउन नसक्दा पूर्वी पहाड आवतजावत गर्ने सवारी साधन अलपत्र परेका छन् ।
पहिरो सफा गर्न मेसिन मगाए पनि पानी परिरहेकाले सम्भव नभएको वडाध्यक्ष रवीनकुमार श्रेष्ठले जानकारी दिए । अक्करे भिरमा पहिरो खसेका कारण सिन्धुलीका अलावा उदयपुर, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुर, रामेछाप आवतजावत गर्ने सवारी खुर्कोट र ग्वाल्टारमा रोकिएका छन् ।
यता बीपी राजमार्गको नेपालथोक–चौकीडाँडा खण्डको डाइभर्सन सडकमा ठाउँठाउँमा पहिरो खसेकाले नेपालथोकमा सवारी होल्ड गरिएको स्थानीय राज मैनालीले जानकारी दिएका छन् ।