सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ हैवारबेँसीका १७ वर्षीय सुमित कोइराला दर्हेनी पुल नजिकैबाट पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सिन्धुली — सुनकोसीमा पौडी खेल्ने क्रममा बगेर बुधबार एक युवा बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ हैवारबेँसीका १७ वर्षीय सुमित कोइराला दर्हेनी पुल नजिकैबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय खुर्कोट, गोताखोर टोली र स्थानीयले बेपत्ता युवाको खोजतलास गरिरहेका छन् । प्रहरीका अनुसार बेपत्ता युवाको, लुगा र मोबाइल नदी किनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
