३५ वर्षीय चन्द्र श्रेष्ठको मृत्यु
सिन्धुली — बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-४ हिरापानीमा बुधबार बस र स्कुटर ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका-२ बितिजोर घर भई हाल कमलामाई नगरपालिका-६ धुरासिरान बस्ने ३५ वर्षीय चन्द्र श्रेष्ठ रहेका छन् ।
काठमाडौंबाट सिन्धुलीको मरिण जाँदै गरेको बा ४ ख ३८९४ नम्वरको बस घाँस काट्नका लागि चियाबारीतर्फ गइरहेको ज १० प ९२३ नम्बरको स्कुटर ठोक्किएका थिए । बस चालक हरिहरपुरगढी-५ का राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको छ ।
