सिन्धुलीको निर्माणाधीन मासु प्रशोधन उद्योगमा कामदारबीच झडप हुँदा चिनियाँ र नेपाली गरी ७ जना घाइते

कामदार निकालेको विषयमा विवाद हुँदा मरिण गाउँपालिका-४ सहानमा भएको झडपमा पाँच चिनियाँ र दुई जना नेपाली कामदार घाइते भएका हुन् ।

फाल्गुन ११, २०८२

राजकुमार कार्की

Seven Chinese and Nepalese injured in clash between workers at under-construction meat processing factory in Sindhuli

What you should know

सिन्धुली — कामदार निकालेको विषयमा विवाद हुँदा मरिण गाउँपालिका-४ सहानमा भएको झडपमा पाँच चिनियाँ र दुई जना नेपाली कामदार घाइते भएका छन् । 

राँगाको मासु चिन निर्यातका लागि निर्माणाधीन प्रशोधन उद्योगमा कामदार सवारी चालक निकालेको विषयमा नेपाली र चिनियाँ कामदारबीच सोमबार भएको वादविवाद झडपमा परिणत भएको हो । 

झडपमा परी घाइते हुनेमा हलुका सवारी चालक मरिण-६ का नवराज वम्जन, उदयपुरका गोकर्ण कटुवाल र चिनियाँ नागरिकहरु याङ, याङ हाइवो, छ्याङ छोङ, लेउसेन्सी चुजेन घाइते भएको जनाइएको छ । घाइते वम्जनलाई हलुका सवारी चालकबाट निकालेको विषयमा विवाद भई झडप भएको प्रहरीले जनाएको छ । 

हिमालयन फुड कम्पनीले मासु प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । 

प्रहरी प्रवक्ता एवं डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार घाइते ६ जनाको स्थानीय स्वास्थ्य केन्द्रमा र एक जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । थप घटना हुन नदिन प्रहरी परिचालन गरिएको छ । स्थानीय बासु मैनालीका अनुसार झडपको स्थिति फेरि पनि आउन सक्ने भएकाले कम्पनी जिम्मेवार व्यक्ति र स्थानीयबीच समन्वय गरी काम गर्नु पर्नेमा त्यस्तो हुन सकेको छैन् ।

राजकुमार कार्की कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully