कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

कांग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसले संसदमा गरेको अवरोधको मूल्य आउँदो चुनावमा चुकाउने बताएका छन् । सोमबार विश्वास मत पाएपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले  प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कांग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ : प्रधानमन्त्री दाहाल

उनले अहिलेको कांग्रेसको गतिविधिको मूल्य आगामी निर्वाचनमा चुकाउनुपर्ने टिप्पणी गरे । नेपाली कांग्रेसले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा विरोध जनाएको थियो । जवाफमा प्रधानमन्त्री दाहालले धेरै ठूलो मूल्य चुकाउने चेतावनी दिएका थिए ।

उनले भने,‘नेपाली कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्छ भन्ने कुरा आगामी चुनावमा देखिन्छ । आज कांग्रेसले गरेको अवरोध नेपालको मात्रै होइन विश्वमा रेकर्ड बनेको छ । जरुरी पर्‍यो भने १०/१२ पटक विश्वासको मत लिन्छु ।’

प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने बेलामा कांग्रेसले अवरोध गरेपछि उक्त गतिविधि महँगो पर्ने भन्दै इतिहासमा कलंकको रुपमा स्थापित हुने चेतावनी दिएका थिए । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रधानमन्त्री बोलिरहँदा समेत प्रमुख प्रतिपक्षी कांग्रेसले वेल घेराउ र नाराबाजी गरिरहेको थियो । कांग्रेसको अवरोधकाबीच पनि प्रधानमन्त्रीलाई एक सय ५७ सांसदले विश्वास मत दिएका छन् ।

प्रकाशित : जेष्ठ ७, २०८१ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x