सन् २०१८ मा आजकै दिन : भेनेजुयलाको राष्ट्रपतिमा मडुरो 

जेष्ठ ७, २०८१

कान्तिपुर संवाददाता

Today in 2018: Maduro as President of Venezuela

काठमाडौँ — सन् २०१८ मा आजकै दिन (मे २०) मा भेनेजुयलाको राष्ट्रपतिमा निकोलस मडुरो निर्वाचित भएका थिए । विपक्षी दलहरूले बहिष्कार गरेको चुनावबाट उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । 

१९६२ नोभेम्बर २३ मा जन्मिएका मडुरो १९९९ मा राष्ट्रिय संविधानसभा सदस्य भएका थिए । २००५ मा संसद्मा पुनः निर्वाचित भएका मडुरो २००६ मा भेनेजुयलाको विदेशमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए । उनी २०१२ मा भेनेजुयलाको उपराष्ट्रपति बनेका थिए । 

२०१३ मा राष्ट्रपति ह्युगो चाभेजको निधनपछि भएको विशेष निर्वाचनबाट २०१३ अप्रिलमा मडुरो अन्तरिम राष्ट्रपति निर्वाचित भए । राष्ट्रपतीय कार्यकालको बाँकी अवधि देशमा शासन गरेका मडुरो त्यसपछि भएको राष्ट्रपतीय चुनावमा पुनः निर्वाचित भएका थिए । उनले २०१९ जनवरी १० मा दोस्रो कार्यकालका लागि पदभर ग्रहण गरेका थिए ।

कान्तिपुर

Link copied successfully